2

Logo २०८३ बैशाख १३ आइतबार
मनाउने भयो भरतपुर महानगरपालिकाले वि.सं २०८० लाई भ्रमण वर्ष

मनाउने भयो भरतपुर महानगरपालिकाले वि.सं २०८० लाई भ्रमण वर्ष


Sabalnews प्रकाशित मिति : आइतबार, माघ २९ २०७९
652

चितवन ।

भरतपुर महानगरपालिकाले विसं २०८० लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ। महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रवर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागेको हो ।

महानगरपालिकाले भ्रमण वर्षका सन्दर्भमा सरोकारवालाबीच छलफल पनि भएको छ। छलफलमा सहभागीले यहाँ आएका पर्यटकको बसाइँ लम्ब्याउन सक्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका छन्। पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने बताएका थिए ।

पालिकाभित्रका सबै वडामा पर्यटन समिति गठन गरेर अघि बढ्नुपर्ने उनीहरुको सुझाव थियो। उनीहरुले वडामा रहेका हरेक टोल सुधार समितिलाई सक्रिय बनाउँदै पर्यटन वर्ष २०८० सफल बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेश चुकेले आर्थिक अवस्था बिग्रदै गएको अवस्थामा सुधारको आवश्कता रहेको बताउनुभयो। भरतपुर महानगरभित्र दुई सय ५० र जिल्लाभर छ सयभन्दा बढी होटल सञ्चालनमा छन्। जिल्लामा भएका होटललाई चलायमान बनाएर जानुपर्ने उहाँको भनाइ छ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्षका क्रममा रात्रिकालीन मनोरञ्जनका कार्यक्रम तय गरेर अघि बढाउन सके राम्रो हुने सुझाव दिनुभयो ।

भरतपुर महानगरका पर्यटनविज्ञ डा.विश्व सुवेदीले भरतपुर महानगरलाई पर्यटकीय क्षेत्रको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। बिग्रदै गएको अर्थतन्त्रलाई सुधारका लागि भ्रमण वर्ष सकारात्मक हुने उहाँको भनाइ छ।

कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं भरतपुर भ्रमण वर्ष २०८० को कार्यकारी समिति सयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com