2

Logo २०८३ बैशाख १४ सोमबार
निस्दीमा पालिका स्तरीय बाल भेला तथा पहिलो अधिवेशन सकियो

निस्दीमा पालिका स्तरीय बाल भेला तथा पहिलो अधिवेशन सकियो


होम राई मगर प्रकाशित मिति : शुक्रबार, माघ २० २०७९
1.2K

पाल्पा ।

निस्दी गाउँपालिका पाल्पामा पालिका स्तरीय बाल भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सदस्य राजु प्रसाद श्रेष्ठले भेला उद्घाटन गर्दै बालबालिकाहरुको अधिकार संरक्षणमा अभिभावकहरुको भूमिका महत्त्वपूर्ण रहने भएकोले बालमैत्री वातावरणको सिर्जना घरपरिवारले गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यका तीनै तहका सरकारबाट उपयुक्त योजना तथा कार्यक्रममा मार्फत बालबालिकालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले रम्भा गाउँपालिकामा यस अघि बालमैत्री कार्यक्रम सन्चालन गरेको र योजना तथा कार्यक्रम अनुरुप सफल तथा प्रभावकारी रहेको बताउनुभयो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले हाल निस्दीमा बाल बिबाह मुख्य समस्या र चुनौती रहेको बताउनुभयो । उहाँले यस बारे गाउँपालिकाले प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरु ल्याउने बताउनुभयो । साथै, सम्बन्धित सरोकारवालाहरुको साथ र सहयोग समेत रहनेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न राजनैतिक दल,संघ,संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र ७ वटै वडाका बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

माघ १९ गते र २० गते २ दिन सम्म चलेको भेलाले जेनिसा सोतीको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय बाल मन्च गठन गरेको छ । जसको उपाध्यक्षमा निलम ढकाल,सचिबमा नबिन बयम्बु,सहसचिवमा मनिषा जर्घा र कोषाध्यक्षमा निरुता फाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा हिमेश मश्राङ्गी, शान्ति राई, विष्णु नेपाली, रोशन नेपाली, नबिन्द्र सुनारी र निशा सारु रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com