2

Logo २०८३ बैशाख १३ आइतबार
जुनतारा युवा क्लबद्दारा आयोजित भलिबल प्रतियोगिताको उपाधी पुरुष तर्फ चापाकोट ४ र महिला तर्फ रामपुर १ लाई

जुनतारा युवा क्लबद्दारा आयोजित भलिबल प्रतियोगिताको उपाधी पुरुष तर्फ चापाकोट ४ र महिला तर्फ रामपुर १ लाई


Sabalnews प्रकाशित मिति : सोमबार, माघ १६ २०७९
1.8K

पाल्पा ।

जुनतारा युवा क्लबको दोस्रो बार्षिकउत्सबका अबसरमा आयोजित भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधी चापाकोट ४ र महिला भलिबलको उपाधी रामपुर १ ले हात पारेको छ ।

गत माघ ७ गते देखि पाल्पाको रामपुर न.पा. ६ दुर्गा मन्दिर खेल प्रतियोगिताको फाइनलमा चापाकोट ४ र रामपुर ३ भिडेका थिए । खेलमा चापाकोट नगरपालिका ४ ले रामपुर नगरपालिका वडा न ३ लाई सोझो ३ सेटमा नै जित हासिल गरेको हो । खेलमा रामपुर न.पा.३ उपबिजेता भएको छ । त्यस्तै गरि स्याङ्जा जिल्लाकै हरिनास गाउँपालिका वडा नम्बर ६ तेस्रो भएको छ ।

त्यस्तै महिला भलिबल प्रतियोगिता तर्फ रामपुर नगरपालिका वडा नम्बर १ प्रथम र आयोजक जुनतारा युवा क्लब रामपुर ६ दोस्रो भएको छ ।

वडा स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ २२ टिम र महिला भलिबल तर्फ ८ टिमले भाग लिएका थिए ।प्रतियोगितामा पुरुष तर्फ प्रथम हुनेले नगद ५० हजार , द्दितिय हुनेले नगद ३० हजार र तृतीयले नगद १५ हजार मेडल ट्रफी सहित प्रमाणपत्र प्राप्त गरेका छन् । महिला भलिबल प्रतियोगिता तर्फ बिजेताले २० हजार र उपबिजेताले १० हजार पुरस्कार प्राप्त गरे ।

पुरुष भलिबल तर्फ बेस्ट सेटर आकास सारु ,बेस्ट स्पाइकर अम्मृत ठकुरी बेस्ट कुइकर आकास सिवाकोटी ,बेस्ट बलर तर्फ सङगम मानन्धर ,बेस्ट पोलेयर बिबस पुलामी ,बेस्ट लिब्ब्रो आशिष् थापा भएका छन् । महिला तर्फ बेस्ट स्पाइकर अस्मिता थापा हुन सफल भएकी छन् ।

यसैबीच, दोस्रो बार्षिकउत्सवका अबसरमा हाजिर जवाफ प्रतियोगिता पनि भएको छ । हाजिरीजवाफ प्रतियोगितामा प्रथम सक्षम अर्याल ,द्धितिय बिजय पाठक र तेसो सुदिप रेग्मी र अन्किता श्रेष्ठ भएका छन ।

पुरस्कार बितरण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले क्लबले युवा उत्साह र सामुहिकतामा राम्रो काम गरेको बताउनुभयो ।

क्लबका अध्यक्ष राजन आलेको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रमको सन्चालन सुदिप गैरेले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com