2

Logo २०८३ बैशाख १३ आइतबार
जुनतारा युवा क्लबको आयोजनामा पुरुष र महिला भलिवल प्रतियोगिता शुरु

जुनतारा युवा क्लबको आयोजनामा पुरुष र महिला भलिवल प्रतियोगिता शुरु


Sabalnews प्रकाशित मिति : आइतबार, माघ ८ २०७९
1.5K

पाल्पा ।

जुनतारा युवा क्लबको आयोजनामा शनिबार देखि पाल्पाको रामपुर नगरपालिका ६ मा वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता शुरु भएको छ ।

क्लवको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजित वडा स्तरिय भलिबल प्रतियोगिताको उद्घाटन खेलमा चापाकोट नगरपालिका ८ को टिम बिजयी भएको छ । रामपुर ८ को शिलाकोट स्पोर्ट्स क्लबलाई २ सेटको सोझो सेटमा पराजित गर्दै चापाकोट ८ स्याङ्जाको टिम बिजयी भएको हो ।

रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरी पाण्डेयले खेलकुदको माध्यमबाट युवा एकबद्व भई सामाजिक बिकासमा लाग्न अनुरोध गर्नुभयो ।

माघ १४ गते सम्म चल्ने प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५० हजार, ३० हजार र १५ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने महिला भलिबको विजेता र उपविजेताले नगद २० हजार र १० हजार प्राप्त गर्नेछ । भलिबल संगै ४० वर्ष माथिको हाँडी फोर र कक्षा १२ सम्मका विद्यार्थी बिच एकल हाजिरीजवाफ प्रतियोगिता हुने क्लबका अध्यक्ष राजन आलेले जानकारी दिनुभयो ।

रामपुर नगरपालिका ६ बिजयपुर दुर्गा मन्दिर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ लगाएत विभिन्न जिल्लाका समुह सहभागी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com