2

Logo २०८३ बैशाख १३ आइतबार
मानव बेचबिखन बिरुद्ध माइती नेपालको सचेतना र जागरणले उद्धारमा फड्को

मानव बेचबिखन बिरुद्ध माइती नेपालको सचेतना र जागरणले उद्धारमा फड्को


सीता डोटेल प्रकाशित मिति : आइतबार, माघ ८ २०७९
3.6K

काठमाडौं ।

मानब बेचबिखन विरुद्ध माइती नेपालले चलाउने सचेतना र जागरणले जनमानसस्तरबाट मानव बेचबिखनका घटना बाहिर आउन सहजता थप्ने गरेको छ ।

महिला, बालबालिका बेचबिखन विरुद्ध काम गर्दै आएको संस्था माइती नेपालले जनचेतना फैलाउने र सामाजिक जागरणलाई अभियानको रुपमा लगेपछि मानव बेचविखनको उद्धारमा मानिस सचेत हुदै आएका छन् । पहिले मानिस हराएपनि हल्ला खल्ला नहुने समाजमा पछिल्लो समय माइती नेपाल, नेपाल प्रहरी, स्थानीय तह, महिला आयोग त महिला मन्त्रालयसम्म यही सचेतनाले पहुँच बढाएको छ ।

माइती नेपालले नेपालका सिमा नाकामा मानव बेचविखन बिरुद्ध खरो उत्रैसँगै यसको सहकार्य र समन्वयको दायरामा बृद्धि भएको छ । माइती नेपाल भैरहवाले गत आर्थिक बर्ष २०२२ मा २ सय ३४ जनाको उद्धार गरेको छ । सिमा नाकामा खटिएको माइती नेपालले सोधखोज र अनुसन्धानबाट सिमा नाकाबाटै उद्धार हुने महिलाको संख्या ठुलो छ । पहिलेको तुलनामा पछिल्लो समय कुनै गाउँ ठाउँबाट महिला बालबालिका हराएको वा विभिन्न देशमा जान भारतको बाटो प्रयोग गर्ने थाहा भएपछि माइती नेपालको सम्पर्कमा आउनेहरु बढ्दै गएको माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक मायाँ क्षेत्रीले बताउनुभयो । खोजतलासमा आफन्ती आउने वा फोन सम्पर्कमा आउनेको संख्या बढ्दै गएको छ,क्षेत्रीले भन्नुभयो–कतै आफ्ना मानिसलाई कसैले गलत बाटोमा प्रयोग गरेको त छैन? भन्ने शंकाले माइती नेपालको विश्वासमा आउनेहरु बढ्दै जानुभएको छ । देशैभर माइती नेपालले समय–समयमा भारत लैजादै गरेको अबस्थामा नेपाली सिमा नाका र भारतका विभिन्न स्थानबाट महिला तथा बालबालिका उद्धार गर्दै आइरहेको छ । परिवारसँगको विभेद, आर्थिक अभावका कारण, राम्रो खानपान, घुमफिर र शुखसयलको लोभलालच र तथा देह व्यापारकै लागि पनि मानव बेचविखन तथा ओसारपसार हुने गरेको क्षेत्रीले बताउनुभयो । माइती नेपाल भैरहवाले सो अबधिमा मानव बेचविखन तथा ओसारपसार रोकथाममा भारतका विभिन्न स्थानबाट ८ जना, मानव बेचविखन मुद्वा दर्ता एउटा, सीमाबाट परामर्श संख्या १८ हजार २० जना, जिल्ला प्रशासनबाट परामर्श ८३० जना, पर्चा पम्पलेट ३ हजार ४ सय ९५ थान वितरण, खोजतलास सम्बन्धी निवेदन ३० जना र घरेलु हिंसा सम्बन्धी निवेदन २३ जनाको परेको जनाएको छ ।

माइती नेपाल कञ्चनपुरले आ.व.२०२२ मा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भारतको दिल्लीबाट ६ जना, पुणेबाट ४ जना, सिमला, हल्दानी, मुम्बई चण्डीगढ, बैङ्गलोर २÷२जना, हरियाणा र अयोध्याबाट १÷१ जनाको उद्धार गरिएको हो । २०५ जनाको खोजतलासका लागि निवेदन परेकोमा ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ । गड्डाचौकी नाकाबाट ८८ जना र झोलुङ्गे पुलबाट ६८ जनाको उद्धार ग¥यो । जसमा ७५ बालबालिका थिए ।

उद्धार गरिएका धेरैजसो आफन्तबाटै बेचिएको पाइएको छ’, भट्टले भन्नुभयो, ‘सामाजिक सञ्जालको प्रयोग र बेरोजगारीका कारण धेरै महिला तथा बालबालिका भारतका सहरमा पुगेका छन् । कञ्चनपुर माइती नेपालले मानव बेचबिखनविरुद्ध यसबर्ष २ मुद्दा दर्ता गरेको उहाँले जानकारी दिनुभयो ।
माइती नेपाल चितवनले मानव वेचविखन साथै बलात्कारमा परेका महिलाको उद्धार गरेको तथ्याङ्कमा छ । सन् २०२२ मा १२ जनाको उद्वार गरेको छ । यौन शोषण र बेचबिखनमा परेका उनीहरुलाई जिल्लाका विभिन्न होटलबाट उद्वार गरिएको हो । सन् २०२१ मा १० जनाको उद्धार भएको थियो । उद्वार गरिएकोमा १० महिला र बालिका रहेका छन् भने २ बालक छन् । सन् २०२२ मा संस्थाले ५०८ जनालाई बेचबिखन र यौन शोषणबाट बचाएको संस्थाका कार्यक्रम संयोजक ईश्वर गिरिले जानकारी दिनुभयो । यस्तै ४९५ जनाको पुनर्मिलन प्रगति भएको छ ।

बि.स.२०७५को ४ महिनामा २ पटक महिलाको उद्धार भयो । कात्र्तिकमा भारतका विभिन्न स्थानहरुबाट ३७ नेपाली महिलाको उद्धार गरिएको मा  पुषमा थप ३५ महिलाको उद्धार भयो । मानव तस्कर समुहले खाडी देशमा घरेलु कमदारका लागि लैजान भारतका विभिन्न स्थानमा पुर्याइएका ३७ नेपाली महिलारुलाई उद्धार गरिएको थियो ।

भारतको नयनखण्डबाट २८ जना, ज्ञानखण्डबाट ९ जनालाई उद्धार गरेको हो । सोही समय मानव तस्करमा संलग्न तीनजना रहेको जनाएको थियो । रोजगारीको प्रलोभन दिएर कुवेत पुर्याइदिने भन्दै भारतको बैंगलोर पुगेका ३५ नेपाली महिलाको सोही बर्ष पुषमा उद्धार भएको हो । नक्कली कागजात बनाएर नेपाली महिलाहरुलाई खाडी मुलुक उडाउने तयारी भइरहेको भन्ने सुचना पश्चात् भारतीय स्थानीय प्रहरीले छापा मार्दा ती महिला भेटिएका थिए ।

२०१४ मा भारतबाट २१ जना नेपाली महिलाको उद्धार गरिदा शिक्षित महिलाहरु नै मानव तस्करको फन्दामा परेका थिए । विभिन्न प्रलोभन देखाएर भारतको मणिपुर पु¥याएका २१ जना नेपाली महिलाको उद्धारमा नेपाल सरकारका उपसचिव, मानब बेचबिखन अनुसन्धान व्युरो, , भारतीय दुतावास, माइती नेपाल खटिएका थिए । काकरभिट्टा हुदै ल्याइएका उनीहरुको भनाईमा शिक्षित व्यक्तिहरु पनि यो लहडमा परेका माइती नेपालका प्रदेशले जनाएको छ । उनीहरुलाई लकडाउन अघि भारत लगिएको थियो ।

कोरोनापछि मानब तस्कर बढी रहेको तथ्याङ्कले देखाएको छ । कोरोना कहरमा लगडाउनले आर्थिक मन्दी झेलिरहेका नेपाली लकडाउन खुलेसँगै भारत जानेको संख्या बढेको हो । उत्पादन कम हुनु बसेर खानुपर्ने अबस्थामा मिठो खान र लाउनको उद्देश्यले कोही बिदेश जान सहज हुन्छ भन्ने मनसायले भारतमा लहलहैमा पुग्नेहरु तस्करको फन्दामा परेका हुन्छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा भारतबाट उद्धार गरिएका नेपाली महिलाको संख्याभन्दा धेरै नेपाली महिलाको २०७६ मा साताभित्रै भारतबाट उद्धार भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनायो । महिला आयोग, दुतावासका काउनसिलर सहित स्थानीय प्रशासनको सहकार्यमा ठुलो संख्यामा बिशेष गरि महिलाको उद्धार भएको छ ।

माइती नेपालको झण्डै ३ दशकमा नेपाली महिला र बालबालिकाको उद्धारको कार्य अत्यन्तै तिब्र हुदै आएको छ । पछिल्लो समय माइती नेपाल, नेपाल प्रहरी र यस  सँग सम्बन्ध संघसस्था सँगै गाउँ–गाउँमा स्थानीय तहले मानव बेचविखन बिरुद्धमा कार्यक्रम, अन्तरक्रिया तथा बहस चलाउने हुँदा मानब तस्करी तथा बेचबिखनको शंका लागेबित्तिकै उजुरी दिने प्रचलन बढेको छ । गाउँघर समाजबाट कोही महिला बालबालिका हराएको खण्डमा माइती नेपाल, महिला आयोग, प्रहरी र महिला मन्त्रालय सम्मको पहुँच आम नागरिकसँग पुग्न सकेको छ । यसको कानुनी व्यवस्था, शंका र ललाई फकाईबारे सहजिकरण गर्ने र सचेतना बढाउने अभियानले आम महिला, बालबालिका तथा सर्वसाधरण नागरिकसम्म मानव बेचविखन र यसमा पर्न सक्ने संभावना तथा शंका लागेमा तत्काल गुहार र उद्धारमा लाग्नुपर्छ भन्ने ध्येय धेरैमा आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com