चौथों एपिक नेपाल म्युजिक अवार्डको तयारी पुरा
काठमाडौं ।
कला र कलाकारको सम्मानको रुपमा लिइने ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को तयारी पूरा भएको छ ।
३ वटा म्युजिक अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको एपिक नेपालले “चौथो एपिक नेपाल म्युजिक अवार्ड कार्यक्रम” माघ ७ गते शनिबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका दुइपोखरीमा गर्दैछ ।
कला र संस्कृतिले भरिपुर्ण ऎतिहासिक शहर भक्तपुर जिल्लामा भव्य कार्यक्रम गरि नेपाली कला जगतमा नै महत्त्वपूर्ण अवार्डका दर्जनौ बिधाबाट कला र कलाकारलाई सम्मान तथा अवार्ड हस्तान्तरण गरिने एपिक नेपाल म्युजिक अवार्डका अध्यक्ष कृष्णलाल शाहुखलले बताउनुभयो ।
हाम्रो मौलिक भेषभुषा कला संस्कृतिको माध्यमले देशलाई समृद्ध बनाउन सकिन्छ र त्यसको साथै कला संस्कृति र गित संगीतको समिश्रणले अझ हाम्रो पहिचानलाई गर्विलो बनाउन सकिन्छ भन्ने उदेश्यले गरिदैं आएको एपिक नेपाल म्युजिक अवार्डलाइ सुर्य बिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं ४ ले सहकार्य गरेको संस्थाका महासचिब बबिता श्रेष्ठले जानकारी दिनुभयो ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारा सहितको यस अवार्ड कार्यक्रम सांगीतिक क्षेत्रमा महाउत्सबको रुममा हेरिन थालिएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननिय केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्डमा नेपालका प्रतिष्ठित कलाकार, पत्रकार, समाजसेवी देखि राजनैतिक नेताहरुको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।
अवार्ड समारोहमा महानायक राजेश हमाललाई नगद १ लाख १ हजार १ सय ११ रुपैंया सहित “महानायक सम्मान” प्रदान गरिनेछ । दर्जन कलाकारलाई पनि सम्मान गरिनेछ । कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।