चलचित्र नृत्य संघको अध्यक्षमा पुनः जनक कार्की निर्वाचित
काठमाडौं ।
चलचित्र नृत्य संघको अध्यक्षमा पुनः जनक कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।
चलचित्र नृत्य संघको अधिबेशनले संघको उपाध्यक्षमा गम्भीर विष्ट, सोम लामा र अजय स्याङ्तान, महासचिवमा दीपेन्द्र तिमल्सिना, सचिवमा लीलाधर भट्टराई, सहसचिवमा दीपक तामाङ, कोषाध्यक्षमा नारायण रिजाल र सहकोषाध्यक्षमा नवराज रिजाललाई चयन गरेको छ ।
संघको सदस्यहरुमा देवराज सापकोटा, सुरेन्द्र बसेल, रामु थापा, रमेश बुढाथोकी र काजिश श्रेष्ठ चुनिनुभएको छ।