नवनियुक्त मन्त्रीहरुले गरे राष्ट्रपति समक्ष शपथग्रहण
काठमाडौं ।
नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति समक्ष शपथग्रहण गरेका छन् राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो ।
सत्ता साझेदार दलमध्ये नेकपा एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने नेकपा माओवादीले ३ वटा मन्त्रालय पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले तीन/ तीनवटा मन्त्रालय पाएको छ । जनता समाजबादी पार्टीले भने २ वटा मन्त्रालयमा असहमति जनाएको छ ।
त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पनि पाएका छन् ।