2

Logo २०८३ बैशाख १३ आइतबार
विमान दुर्घटनामा गायिका निरा छन्त्याल पनि

विमान दुर्घटनामा गायिका निरा छन्त्याल पनि


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १ २०७९
596

पोखरा ।

पोखराको घारीपाटन नजिकै सेती नदीको खोंचमा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमान दुर्घटनामा चर्चित लोक गायिका निरा छन्त्याल पनि रहेको खुलेको छ।

बागलुङ घर भएकी गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन यतिको एएनसी एटीआर-७२ जहाजमा काठमाडौंबाट आएकी थिइन्।

६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार विमानका यात्रु सूचीको ११ नम्बरमा उनको नाम छ। गायिका छन्त्यालले शनिबार फेसबुकमार्फत आफू पोखरा जान लागेको लेखेकी थिइन्।

‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ छन्त्यालको फेसबुक पोष्ट छ । आइतवार मात्रै उनले माघे संक्रान्तिको शुभकामना पनि दिएकी थिइन्। यही शुभकामना दिएर पोखरा उडेकी उनी विमान दुर्घटनामा परिन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com