2

Logo २०८३ बैशाख १४ सोमबार
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १ २०७९
1.1K

पोखरा ।

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ ।  काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा एयरपोर्ट नजिकै दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताउनुभयो ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखराको सेती नदी खोचमा दुर्घटना भएको हो ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ र निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी दिनुभयो । स्थानीयले अहिलेसम्म ८ शब निकालेको बताएपनि दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com