यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना
पोखरा ।
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा एयरपोर्ट नजिकै दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताउनुभयो ।
काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखराको सेती नदी खोचमा दुर्घटना भएको हो ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ र निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी दिनुभयो । स्थानीयले अहिलेसम्म ८ शब निकालेको बताएपनि दुर्घटनाको थप विवरण आउन बाँकी छ ।