2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीको पाचौं अध्यक्ष कपको दुबै उपाधि गल्धालाई

निस्दीको पाचौं अध्यक्ष कपको दुबै उपाधि गल्धालाई


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस २९ २०७९
2.2K

पाल्पा ।

निस्दी गाउँपालिकाको पाचौं अध्यक्ष कप भलिबलको उपाधि गल्धाले हात परेको छ । शुक्रबार सकिएको पुरुष र महिला भलिबल तर्फको दुबै उपाधि वडा नम्बर ५ गल्धाले हात पारेको हो ।

गत पुस २७ गतेदेखि झिरुबासको पर्यटकीय काउलेडाँडामा सञ्चालन भएको खेल अन्तर्गत पुरुष भलिबलतर्फ निस्दी २ सहलकोटलाई पछि पार्दै गल्धाले उपाधी जितेको हो । खेलमा  तृतीय निस्दी ७ ज्यामिरे भएको छ भने सान्त्वना निस्दी ३ झिरुबास भएको छ । महिलातर्फ विजेता निस्दी ५ गल्धा हुँदा निस्दी ४ मित्याल उपविजेता बन्यो । खेलमा तृतीय निस्दी २ सहलकोट र सान्त्वना निस्दी ७ ज्यामिरे भएका छन् ।

पुरुष तर्फ विजेता समूहले नगद ५५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपबिजेताले नगद ४० हजार, तृतीयले नगद २५ हजार र सान्त्वनाले नगद १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी, महिला भलिवल प्रतियोगिता तर्फ विजेताले नगद ३२ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेताले नगद २४ हजार, तृतीयले नगद १६ हजार र सान्त्वनाले नगद ८ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

निस्दी-३, झिरुबासका अध्यक्ष नविन्द्र थापा सोतीको अध्यक्षतामा भएको खेलमा पुरस्कृत समुहलाई गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कार प्रदान गर्नुहुँदै अध्यक्ष सारुले खेलको मध्यमबाट आफु र आफ्नो ठाउँको गरिमा बढाउन सकिने बताउनुभयो । अध्यक्ष सारुले पछिल्लो समयमा भलिबल खेलको सबैतिर महत्त्व बढदै गएको बताउनुहुँदै आगामी दिनमा पालिका खेल क्षेत्रमा विकासको लागि विशेष योजना ल्याउने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com