2

Logo २०८३ बैशाख १३ आइतबार
पूर्वखोला गाउँसभाको अबसरमा खेलाडीलाई सम्मान

पूर्वखोला गाउँसभाको अबसरमा खेलाडीलाई सम्मान


Sabalnews प्रकाशित मिति : बुधबार, पौस २७ २०७९
1.6K

पाल्पा ।

पूर्वखोला गाँउपालिकाले १२ औं गाउँ सभाको अवसरमा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । खेलकुदको बिकास र खेलकुदबाट पालिकाको गौरव बढाएकोमा गाउँपालिकाले पालिका भित्रका भलिबल, तेक्वान्दो र ब्याडमिन्टन खेलका खेलाडी तथा प्रशिक्षक सहित अध्यक्ष र व्यवस्थापकलाई सम्मान गरेको हो ।

पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले खेलकुदका खेलाडीहरुलाई गाउँकार्यपालिकाको निर्णय बमोजिम मायाँको चिनो र सम्मान पत्रले सम्मान गरेको बताउनुभयो । पूर्वखोला गाउँपालिका अध्यक्ष थापा, उपााध्यक्ष भागिरथी भट्टराईले मायाँको चिनो र सम्मान पत्र वितरण गर्दै खेलको माध्यमबाट विभिन्न क्षेत्रमा पूर्वखोलालाई चिनाएकोमा खेलाडीलाई अझ उर्जाको साथ खेल्न आग्रह गर्नुभयो ।

पूर्वखोला गाउँपालिकाले ब्याड्मिन्टन खेलाडी विवेक न्यौपाने, तेकान्दो खेलाडी मिलन राना, एलिसा घर्ती, अर्जित सारु, महिमा बारघरेलाई मायाँको चिनो सहित सम्मान गरेको छ । त्यस्तै, भलिबल खेलाडीहरु रमेश घर्ती, देव बहादुर सिंजाली, सरोज सारु, दिपेश घर्ती, कृष्ण घर्ती, प्रकाश रेश्मी, नेत्र सिं ठकुरी, हिरा ब सुर्यवंशी, नीर बहादुर गाहा, खुम बहादुर बारघरे , अमिन सारु, सन्दिप सारु, विनोद नेपाली, जीवन आले, युवराज राना नेत्र सिं ठकुरीलाई मायाँको चिनो सहित सम्मान गरेको हो ।

सोही अवसरमा खेल प्रशिक्षक तथा राष्ट्रिय रेफ्री अन्नत प्रसाद श्रेष्ठ, खेलकुद विकास संघका अध्यक्ष प्रेम बहादुर दिशुवा, र व्यवस्थापक नवीन आचार्यलाई मायाँको चिनो सहितको सम्मान पत्रले सम्मान गरेको हो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिकाको तर्फबाट भलिबल खेलमा सहभागी भएर प्राप्त गरेका मेडल र प्रमाण पत्र भलिबल खेलका टिम क्याप्टेन रमेश घर्तीले पूर्वखोला गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सारुलाई हस्तान्तरण गर्नुभयो ।

सम्मान कार्यक्रममा पूर्वखोला गाउँपालिकाका प्रवक्ता मेयर सिं थापाले खेलाडीले प्राप्त गरेको उपलब्धीहरु सिंगो पालिकाको गौरव रहेको बताउदै खेलाडीलाई अझ उर्जाको साथ खेल्न आग्रह गर्नुभएको थियो । खेल व्यबस्थापक नवीन आचार्यले खेलाडी देशको गहना भएको स्मरण गराउदै खेलको आधारमा मात्र जीवन धान्न मुस्किल पर्ने बताउनुभयो ।

भलिवल खेलाडी रमेश घर्तीले पालिकाले खेल प्रशिक्षण केन्द्र स्थापना गरेर खेल क्षेत्रमा अझै राम्रो गर्न सुझाव दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com