2

Logo २०८३ बैशाख १३ आइतबार
जुनताराले पुरुष र महिला भलिवल प्रतियोगिता आयोजना गर्ने

जुनताराले पुरुष र महिला भलिवल प्रतियोगिता आयोजना गर्ने


Sabalnews प्रकाशित मिति : बुधबार, पौस २७ २०७९
2.4K

पाल्पा ।

जुनतारा युवा क्लवले बार्षिकोत्सवको अबसरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

रामपुर नगरपालिका वडा नम्बर ६ विजयपुर दुर्गामन्दिर खेल मैदानमा खेलकुद उत्साह र युवाहरुलाई खेलप्रति आकर्षण गराउन भलिवल खेलको आयोजना गरेको क्लबले जनाएको छ ।

आउदो माघ ७ गते देखि १४ गते सम्म आयोजना गरिएको खेल वडा स्तरीय हुनेछ । भलिबल प्रति महिला पुरुष दुबैको आकर्षण बढ्दै व्यबसायिक हुन थालेकोले अझ यसको बिकासका लागि पुरुष र महिला भलिवल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष राजन आलेले बताउनुभयो ।

प्रतियोगितामा बिजयी टिमले पुरुष भलिबल तर्फ प्रथम पुरस्कार ५० हजार, द्दितिय पुरस्कार ३० हजार र तृतीय पुरस्कार १५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै महिला भलिबल तर्फ विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजार रुपैया प्राप्त गर्नेछन्।

रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले जुनतारा युवा क्लबले खेल जगतलाई अगाडी बढाउन विभिन्न समयमा खेल सहित रचनात्मक काम गर्दै आएको बताउनुभयो । खेल र खेलमार्फत वडालाई पहिचान दिने गरि आयोजित कार्यक्रमलाई वडाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

क्लवका सल्लाहकार देवराज पंगेनीले क्लबले बिगतका बर्ष पनि खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गरेको बताउनुभयो। क्लवका कोषाध्यक्ष गोविन्द थापाले खेल नेपाल भलिबल संघको नियम अनुसार टि टि सिस्टममा नकआउट हुने जानकारी दिनुभयो ।

साथै कार्यक्रम समापनको अबसरमा कक्षा १२ सम्मका विद्यार्थी विच एकल हाजिरीजवाफ प्रतियोगिता र मनोरञ्जनात्मक तर्फ ४० वर्ष उमेर माथिको हाँडीफोर प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com