2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जाको चापाकोटमा प्रदेशस्तरिय प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता हुने

स्याङ्जाको चापाकोटमा प्रदेशस्तरिय प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता हुने


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २४ २०७९
883

स्याङ्जा ।

स्याङ्जाको दक्षिणी भेग चापाकोट नगरपालिकामा गण्डकी प्रदेशस्तरिय प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

यहि पुस २५ र २६ गते प्रदेशस्तरिय छनोट प्रतियोगिताका लागी चापाकोट नगरपालिका सुन्तलीटारमा रहेको गंगालाल खेलमैदानमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता गर्नेछ ।

छनोट खेलमा नवलपुर, कास्की र स्याङ्जा गरी तीन जिल्लाका टोली सहभागि हुनेछन् । प्रतियोगिताको सम्पूर्ण खेल गंगालाल खेल मैदानमा हुनेछ ।

राष्ट्रिय स्तरको प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता पुस २९ देखि सुनसरी जिल्लाको इटहरी स्थित जनता क्रिकेट पार्कमा हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी ८ टोलीको सहभागिता रहनेछ । खेल लिग कम नकआउटको आधारमा  टोलीलाई दुई समूहमा विभाजन गरेर हुनेछ ।

प्रत्येक समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने गरि प्रतियोगितामा कुल १८ खेल हुनेछन् ।

प्रतियोगिताको विजेताले पाँच, उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २० हजार रुपैयाँ पाउनेछन् । यसैगरी प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ घोषित गरिनेछ जसले ३ हजार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com