पत्रकार महासंघ पाल्पाको ३१ औं स्थापना दिवस एवं साधारणसभा श्रीनगरमा सम्पन्न
पाल्पा ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ३१ औं स्थापना दिवस एवं साधारणसभा तानसेनको श्रीनगरमा भएको छ ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले साधारण सभामा शुभकामना दिनुहुँदै काल्पनिक होइन वस्तुनिष्ठ र सत्यताकाे पत्रकारिता गनुपर्ने बताउनुभयाे । प्रमुख खनालले पत्रकारिताको गरिमा बचाउन चुनौतीपूर्ण रहेकाे उल्लेेख बताउनुभयाे ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकार भइरहन टिकाइ रहन र विश्वास दिलाउन अहिले पत्रकारितामा चुनौती रहेकाेमा सबैले साेच्नुपर्ने बेला आएकाे बताउनुभयाे । उहाँले पत्रकार समाजकाे ऎना भएकाले समाजकाे चित्रण पत्रकारितामा आउनुपर्ने बताउनुभयाे । यस्तै उहाँले सदस्यता शुद्धिकरण र चुस्तता भएमा पत्रकारिताकाे समेत गरिमा र शाख बढ्ने बताउनुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठले पत्रकार समाजकाे ऐना भएकोले पत्रकारले ऐनाकै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयाे । विकृति विरुद्ध पत्रकारले समाचार लेख्नु पर्छ र पत्रकारको हित र अधिकारका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउनुभयाे ।
नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पाली जनताको जनजिविकाको बारेमा पत्रकारले कुरा उठाउनु पर्ने बताउनुभयाे । उहाँले सुशासन कायम गर्ने गरी कलम चलाउनु पर्नेमा त्यसकाे लागि पत्रकारलाइ आफूले सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे ।
नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकालले विकास र समृद्धिका लागि कलम चलाउनु पर्ने बताउनुभयाे । उहाँले नेपालका सबै परिवर्तनमा पत्रकारकाे भूमिका महत्वपूर्ण रहेकाे स्मरण गर्नुभयाे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष डुल बहादुर कुँवरले समाजका आँखा पत्रकार भएकाेले साेही अनुसार समाजका विकृति देखाइदिने काम गर्नुपर्छ भन्नुभयाे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव साेमप्रसाद गैरेले पत्रकारिता जगतबाट नै देशमा परिवर्तनकाे लागि सकारात्मक पहल हुने बताउनुभयाे । राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले पत्रकारिताबाट समाजकाे विकास र समस्या समाधानमा सहयाेग हुने बताउनुभयाे । उहाँले पत्रकार पत्रकारिता र समाज पत्रकारिताबाट नै बाच्ने बताउनुभयाे ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निष्पक्ष इमानदार भएर पत्रकारिताको प्रतिष्ठा उचो राख्ने गरी पत्रकारले कलम चलाउन सुझाव दिनुभयाे । उहाँले पत्रकारिता पेशा अंगाल्ने भन्दा पनि यसले समाजका पुर्याएकाे याेगदानलाइ सहि रुपमा मूल्यांकन गर्नुपर्ने बताउनुभयाे ।
तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पाकाे पत्रकार महासंघकाे विकासमा नगरपालिकाले विगतदेखि नै सहकार्य गर्दै आएकाे र आगामि दिनमा समेत साेही अनुसारकाे सहयाेग गर्ने बताउनुभयाे ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले पत्रकारले गलतलाई खबरदारी गर्नुपर्ने र सहि निर्देश गर्नुपर्ने बताउनुभयाे । रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्थानीय सरकार र पत्रकार बीचको सम्बन्ध नङ र मासुको जस्तै भएको बताउनुभयाे । स्थानीय सरकारले गरेका काम बारे जस्ताको तस्तै बाहिर ल्याउन सुझाव दिनुभयो ।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय सरकार र पत्रकार बसेर पत्रकारिताकाे क्षेत्रमा सहकार्य गर्न तयार रहेकाे बताउनुभयाे ।
पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले पत्रकार भनेकाे समाजकाे गाउँमा रहेकाे साना तिना समस्या देखि विकासकाे समेत संवाहककाे रुपमा काम गर्नुपर्ने बताउनुभयाे ।
सल्लाहकार तथा पूर्व अध्यक्ष गोविन्द भट्टराईले शाखाकाे झाेलाबाट अहिलेकाे भव्य कार्यालय स्थापना गर्दा सम्म निकै नै चुनौतिकाे सामना गर्नुपरेकाे स्मरण गर्नुभयाे । पूर्व अध्यक्ष तथा तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेश कुमार अर्यालले पत्रकारितामा निष्पक्षता भएर काम गरेमा कसैले धावा बाेल्न नसक्ने बताउनुभयाे ।
अक्षयकोषदाता तथा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले पत्रकारिताकाे माध्यमबाट समाजमा आमूल परिवर्तन र रुपान्तरण भएकाे बताउनुभयाे ।
बुद्धिजीवी निर्मल श्रेष्ठले पत्रकारिताकाे विकासमा पाल्पाकाे याेगदान ठूलाे रहेकाे बताउनुभयाे । सञ्चार उद्यमी श्रीनगर एफएमका अध्यक्ष भीमसेन कार्कीले पछिल्लाे समयमा संचार उद्यममा समस्या हुँदै गएकाे भन्दै त्यसकाे समाधानमा महासंघ र सरकारकाे उपयुक्त नीति आवश्यक रहेकाे बताउनुभयाे ।
प्रेस युनियनका उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघले प्रकाशन गरेको “प्रवाह” बुलेटिनको विमोचन समेत गरिएको थियो । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले प्रवाह बुलेटिनबारे जानकारी गराउनुभएको थियो ।
साधारण सभाले सचिव यज्ञमूर्ति तिमिल्सिनाकाे सांगठनिक प्रतिवेदन र काेषाध्यक्ष मुक्ति न्याैपानेकाे आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेकाे छ ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सभापति रेखिराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपसभापति भरत शर्माले स्वागत गर्नुभएको थियो भने सचिव यज्ञमूर्ति तिमिल्सिनाले संचालन गर्नुभएको थियो । कार्यक्रममा महासंघका सदस्य हाल स्थानीय चुनाबमा जनप्रतिनिधि हुनुभएका राजेशकुमार अर्याल, सोमनाथ अर्याल र ओमप्रकाश गैरे र सहयोगी संस्थालाई सम्मान गरिएको थियो।