कपिलवस्तुको महोत्सवमा कलाकार दुर्गेश थापामाथि आक्रमण
कपिलवस्तु ।
कपिलवस्तुको एक महोत्सवमा आएका कलाकार दुर्गेश थापामाथि आक्रमणको प्रयास भएको छ । कपिलवस्तुको पश्चिमी क्षेत्र चन्द्रौटामा आयोजना भइरहेको सातौं चन्द्रौटा महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार थापा माथि आक्रमण भएको हो ।
मन्चमा प्रस्तुति दिइरहेका बेला थापा माथि एकाएक ढुङ्गा प्रहार भएको थियो । उनी माथि आक्रमण भएपछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नायक पल शाहसंग जोडेर उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभचिन्तकको आरोप छ ।
नायक शाह हाल नाबालिका बलात्कारको आरोपमा हिरासतमा छन् । शनिवार दर्शकहरु भीड बढ्ने भएकोले आयोजकले शनिबार थापालाई निम्त्याएका थिए । भिडभाड अत्याधिक रहेकाले कसले ढुङ्गा प्रहार गरेको हो पत्ता लाग्न सकेको छैन । यद्यपि वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
व्यापार संघ कपिलवस्तुको आयोजनामा चन्द्रौटामा चलेको महोत्सव आगामी पुस २१ गतेसम्म संचालन चल्नेछ ।