2

Logo २०८३ बैशाख १३ आइतबार
कपिलवस्तुको महोत्सवमा कलाकार दुर्गेश थापामाथि आक्रमण

कपिलवस्तुको महोत्सवमा कलाकार दुर्गेश थापामाथि आक्रमण


Sabalnews प्रकाशित मिति : शनिबार, पौस १६ २०७९
995

कपिलवस्तु ।

कपिलवस्तुको एक महोत्सवमा आएका कलाकार दुर्गेश थापामाथि आक्रमणको प्रयास भएको छ । कपिलवस्तुको पश्चिमी क्षेत्र चन्द्रौटामा आयोजना भइरहेको सातौं चन्द्रौटा महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार थापा माथि आक्रमण भएको हो ।

मन्चमा प्रस्तुति दिइरहेका बेला थापा माथि एकाएक ढुङ्गा प्रहार भएको थियो । उनी माथि आक्रमण भएपछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नायक पल शाहसंग जोडेर उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभचिन्तकको आरोप छ ।

नायक शाह हाल नाबालिका बलात्कारको आरोपमा हिरासतमा छन् । शनिवार दर्शकहरु भीड बढ्ने भएकोले आयोजकले शनिबार थापालाई निम्त्याएका थिए । भिडभाड अत्याधिक  रहेकाले कसले ढुङ्गा प्रहार गरेको हो पत्ता लाग्न सकेको छैन । यद्यपि वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

व्यापार संघ कपिलवस्तुको आयोजनामा चन्द्रौटामा चलेको महोत्सव आगामी पुस २१ गतेसम्म संचालन चल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com