मानसिक स्वास्थ्य सेवा समस्या सम्बन्धि रिब्दीकोटमा शिबिर
पाल्पा ।
निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाल्पाको रिब्दीकोट गाउँपालिकाका नागरिकले लिएका छन् ।
मानसिक समस्या सम्बन्धि स्वास्थ्य सेवा चलाईएको शिबिरमा ११ जना पुरुष २७ जना महिला गरि जम्मा ३८ जनाले सेवा लिएका थिए ।
खस्याैली प्रा.स्वा. केन्द्रमा चलेको शिबिरमा विशेषज्ञ स्वास्थ्यकर्मीले सकारात्मक सोच र व्यबहारबारे परामर्श गर्नुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिनुभयो । उहाँले शिविर सम्पन्न गर्न सहयाेग गर्ने सबैलाई धन्यवाद दिदै पालिकाका जेष्ठ नागरिकलाई घर-घरमा पुगेर स्वास्थ्यसेवा दिइएको बताउनुभयो ।