2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरका बिग्रिएका सिसी क्यामरा बर्षाै हुँदा पनि मर्मत भएन

रामपुरका बिग्रिएका सिसी क्यामरा बर्षाै हुँदा पनि मर्मत भएन


Sabalnews प्रकाशित मिति : बुधबार, पौस १३ २०७९
2.6K

पाल्पा ।

पाल्पाको दोस्रो व्यापारिक केन्द्र रामपुर बजारमा जडान गरिएका सिसीटिभी क्यामेरा प्रयोग बिहिन भएका छन् ।

सुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम गर्न छोडेको बर्षाै भएको छ । सिसीटिभी नचल्दा बजार क्षेत्रका सडक वरिपरी हुने चोरी, सवारी दुर्घटना तथा अन्य घटनाहरुको अनुसन्धानमा प्रहरीलाई समस्या हुने गरेको प्रहरीले जनाएको छ ।

रामपुर नगरपालिकाले बि. स. २०७६ सालमा बेझाँड बजारका ३ स्थानमा ४ वटा सिसि क्यामेरा राखेको थियो । जडान गरिएको क्यामेरा नियमित मर्मत नहुँदा बेकामे भएका हुन् । रामपुरको मुख्य बेझाडँ बजार चोक र गरिमा विकास बैंक अगाडी पोलमा गरि ४ क्यामेरा जडान गरेको थियो । क्यामेरा बिग्रिएको बर्षाै भएको छ । बिग्रिएर काम गर्न छाडेको ठ्याक्कै समय पनि थाहा छैन ।

सरोकारवालाको वेवास्ताका कारण रामपुर बजार चोकमा जडित सिसीटिभी क्यामेरा देखाउनका लागि मात्र सिमित छ । नगरपालिकाले काठमाडौंका प्राविधिकबाट सिसिटिभी क्यामेरा जडान गरेको थियो । सुरक्षा निकायबाट मनिटरिङ गरिएको भएपनि केही समयको अन्तरालमा नै बिग्रिएको हो । बाहिरका प्राविधिकबाट जडान गरियो नियमित मर्मत अपडेट भएन, नगरप्रमुख रमण बहादुर थापाले भन्नुभयो– केही समयसम्म चलेको थियो सोही प्राविधिकलाई बोलाउदा सम्पर्कमा आएनन् ।

प्रबिधिमैत्री शहरीकरणको अबधारणालाई आत्मसाथ गर्दै थप सिसिटिभी क्यामेरा जडान गरि शहरलाई प्रविधिमैत्री युक्त बनाउनुपर्नेमा भएका क्यामेराहरु पनि बिग्रिएर मर्मत हुन नसक्नु सम्बन्धित निकायको गम्भिर लापरबाही भएको स्थानीय बताउछन् ।

बजार क्षेत्रमा रहेका प्रायः बैंक तथा बित्तिय सस्थाले सुरक्षाका लागि सिसीटिभी राखेका छन् । तर आधाआधी नचल्ने स्थितिमा पुगेका छन् ।

२०७५ सालमा रामपुरमा रहेको सुरक्षा बचत तथा ऋण सहकारीमा भएको चोरीको अनुसन्धान निष्कर्षमा पुग्न नसक्नु पनि एकातर्फ सिसी क्यामेरा नहुनु हो । सुरक्षाको दृष्टिले तत्कालिन अबस्थामा सरकारी कार्यालयमा अनिबार्य सिसीटिभी क्यामेरा जडान गर्ने कार्यलाई प्राथमिकतामा राखी रामपुर नगरपालिका र प्रहरी कार्यालयबिच मौखिक सहकार्य भएपनि यसले गति लिन नसकेको हो । सो समयमा शुरुमा इलाका प्रहरी कार्यालय रामपुरमा विभिन्न सहयोगी मार्फत थुनुवा कक्ष, पश्चिम मुल गेट सहित ४ स्थानमा क्यामेरा जडान भएको थियो ।

अहिले बैंक तथा बित्तिय संस्थामा अनिवार्य सिसी क्यामेरा जडान हुनुपर्नेछ । यसो नभएको खण्डमा भोलिका दिनमा चोरीका घटना बढ्न सक्ने र भएको अबस्थामा अनुसन्धान गर्न असहयोग हुने तथ्य छर्लङ छ ।

बड्दो शहरीकरणलाई ध्यान दिदै रामपुरका मुख्य बजारमा सिसीटिभी जडान गर्नुपर्ने इलाका प्रहरी कार्यालय रामपुरका  प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले औंल्याउनुभयो । क्यामेरा थपिनुपर्नेमा भएका सिसिटिभी क्यामेराले काम नगर्दा बजार क्षेत्रमा अपराध अनुसन्धान, दुर्घटना न्यूनीकरण र बजार ब्यवस्थापनमा ठूलो समस्या भएको उहाँले बताउनुभयो। सुरक्षामा निकै चुनौती छ, चोरीका घटना बढेका छन् उहाँले थप्नुभयो-काम विशेष नभइ साझमा हिड्नेहरुलाई धपाउनुपर्ने अबस्था छ ।

सवारी दुर्घटना, चोरी, बजार ब्यवस्थापन र निगरानी गर्न प्रहरीलाई सिसिटिभिले सहयोग गर्दछ ।
रामपुर नगरपालिकाका प्रमुख थापाले नगरपालिकाले देविस्थान, भलायटार, रजघरा, सदावर्त, तालपोखरा, किसानबारी, तालपोखरा लगायत ५/७ स्थानमा सिसीटिभी क्यामेरा जडान गर्ने बताउनुभयो ।

सिसीटिभी जडान भनेर रकम नछुट्याएपनि फ्री वाईफाईको योजनामा प्रबिधी सुचना प्रणाली तथा सफ्टवेयर शीर्षकमा ५ लाख बिनियोजन गरेको र यहीबाट सिसीटिभी क्यामेरा जडान गर्ने थापा बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com