टिप्परले च्यापेर सहचालकको ज्यान गयो
पाल्पा ।
पाल्पामा टिप्परले च्यापेर सहचालकको ज्यान गएको छ ।
सोमबार बिहान साढे ५ बजे निस्दी ७ ज्यामिरेको पिपेन्डीमा सर्वोत्तम सिमेन्टको खानीबाट नजिकै हावा भर्न राखेको ग २ ख ०७६९ टिप्पर अचानक गुडेको थियो ।
पार्किङ गरि राखेको ग २ ख ७७१ नम्बरको टिप्परमा ठोकिदा हावा भर्न रोकेको टिप्परका सहचालक सुर्खेत जिल्ला चिनगाड गाउँपालिका ६ का २७ वर्षीय जीतबहादुर चलाउनेलाई ठक्कर दिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो।
सहचालक चलाउनेको दुवै टिप्परको बीचमा च्याप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको नेतृत्व प्रहरी चौकी रुप्सेभञ्ज्याङ् सहितका प्रहरी ज्यामिरे पुगेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।