ग्रामीण विकास सहकारीको २४ औं साधारण सभा सम्पन्न
पाल्पा ।
ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाको २४ औँ बार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन रामपुर २ भलायटारमा सकिएको छ ।
अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले सहकारीले उत्पादनमुलक लगानीमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बाल कुमारी थापा, नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ का वडाध्यक्ष कपिल बहादुर खाँण, वडा नं.२ का वडाध्यक्ष कृष्ण बहादुर दर्जी, नागरिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष झमन बहादुर राजले बोल्दै सहकारी संस्थाले समुदायमा पु¥याउने साथ र उत्पादनसँग जोड्न सकिने अबस्थाका बारेमा बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष नारायण प्रसाद सिग्देलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै साविकमा गाडाँकोट वडा नम्बर ६ र ९ का स्थानीयले शुरु गरेको सहकारी अहिले फैलिदै २४ बर्ष पुग्नु आफैमा गौरव रहेको बताउनुभयो । सिग्देलले संस्थाको बार्षिक प्रगति प्रतिवेदन सुनाउदै सहकारीले मल खरिद बिक्री, मृत्यु राहत कोष सहयोग, बृद्ध सम्मान, जेहन्दार छात्रबृत्ति, असल क्रृणी, बचतकर्तालाई सम्मान, संस्थाको कार्यालय बाहेक अन्य ६ स्थानबाट मासिक घुम्ती सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । प्रस्तावित भावी निति कार्यक्रम प्रस्तुत गर्दै अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाको कुल पुजी ४ करोड ८९ लाख ४८हजार ८ रुपँया रहेको जानकारी दिइएको थियो भने कारोबार ५ करोड, ३८लाख ८६हजार ९ सय ७१ रुपँया १२ पैसा रहेको छ ।
संस्थाका अध्यक्ष नारायण प्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष बोम बहादुर थापाको स्वागत र सचिव झक बहादुर मल्लको सञ्चालनमा भएको संस्थाका व्यवस्थापक प्रेम बहादुर थापाले जानकारी दिनुभयो ।