बुढेसकालमा जग्गाधनी लालपुर्जा पाउदा दङ्ग
पाल्पा ।
आफुले किनेको जग्गा आफ्नो नाममा नहुदा पुर्जा नै देख्न नपाई मरिन्छ कि भन्ने लाग्ने रामपुर ७ का ८५ बर्षिय तारा बहादुर सिंहलाई पुर्जा पाउँदा अहिले सपनामा छु जस्तो लागेको छ ।
दोस्रो व्यक्तिबाट वि.स.२०५३ सालमा किनेको गाबिसद्दारा बिक्रि भएको जग्गाको पुर्जा पाउँदा जिवनभरको लगानी हात परेको बेझाडका बिन्दु श्रेष्ठले बताउनुभयो । बिन्दु र सुर्य श्रेष्ठ दम्पतिले १०९.५३ बर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गाको शुक्रबार पुर्जा पाएका हुन् । लगानी त्यही छ जुन आफ्नो पुर्जा थिएन सुर्यले भन्नुभयो- आफ्नो नभइ आशमा लगानी गर्नुपर्थ्यो यी हातले आफ्नै जग्गाको पुर्जा पाउँदा जिवनमा ठूलो सफलता पाएका छौं ।
रामपुर ८ का ८० बर्षका तेज प्रसाद अर्यालले पुर्जा पाउन धेरै पटक नाम भरेको र लिन पनि ५ घण्टादेखि चौरमा बसेको बताउनुभयो । अर्याल र उहाँकी श्रीमती दमाकुमारी अर्यालले बुढेशकालमा संयुक्त नाममा पुर्जा पाउदा खुशी हुनुभयो ।
धेरैपटक फर्म भरियो, जुन आयोग आएपनि पुनः कागजपत्र बुझाउनुपर्ने झण्झटले दिक्क पनि बनाएको थियो अहिले पुर्जा पाउँद धेरै खुशी छौ बेझाडका अर्जुन पौडेलले भन्नुभयो ।
लालपुर्जाको पहिलो लाभग्राही बेझाडका राजेन्द्र प्रसाद बस्ताकोटीले धेरै पटकको मेहनतले संभव भएको बताउनुभयो । भुमी आयोग गठन २०७२ को आदेश जारी र २०७५ मा अधिकार सम्पन्न आयोग गठनले पुर्जा, मुल्यांकन र बितरणमा सघाएको बताउनुभयो ।
शुक्रबार पहिलोपटक रामपुर नगरपालिका वडा नम्बर ४,५,६ र ७ का १०३ जग्गालाई जग्गाधनी प्रमाणपत्र बितरण गरिएको छ । शनिवार ५९ जग्गाको पुर्जा बितरण गरिएको छ । २०० बढीले अन्तिम चरणको राजस्व बुझाएका छन् ।
दोस्रो चरणमा २८६ को लागि सुचना र तेस्रो चरणको १२० को लागि मुल्याङ्न सहित प्राविधिक प्रक्रिया पुर्याई जग्गा वितरण गरिनेछ ।