राष्ट्रपति भण्डारीद्दारा पाल्पाको सिद्धबाबा मन्दिर दर्शन
पाल्पा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पाल्पाको सिद्धबाबा मन्दिरमा दर्शन गर्नुभएको छ ।
नेपालकै प्रसिद्ध सिद्धबाबाको मन्दिरमा पूजा आराधनाका लागि राष्ट्रपति बिहिबार दिउँसो ३:१० बजे आउनुभएको हो । उहाँले झण्डै २० मिनेट पूजा गरेर फर्किएको मन्दिर व्यवस्थापन समितिका पूर्वसचिव राजेश श्रेष्ठले बताउनुभयो ।
रूपन्देहीमा औद्योगिक व्यापार मेला उद्घाटन गर्न आउने क्रममा राष्ट्रपति भण्डारीले मन्दिर दर्शन गर्नुभएको हो । सिद्धबाबामा पूजा गरेपछि उहाँ काठमाडौँ फर्किनुभएको छ । उहाँलाई तिनाउ गाउँपालिका र मन्दिर व्यवस्थापन समितिले सम्मान गरेका थिए।
गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठले मन्दिरको अबस्था र भावी योजनाबारे जानकारी गराउनुभयो ।