2

Logo २०८३ बैशाख १४ सोमबार
अर्चलेमा वडा स्तरीय बाल भेला

अर्चलेमा वडा स्तरीय बाल भेला


Sabalnews प्रकाशित मिति : बुधबार, पौस ६ २०७९
526

पाल्पा

जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेमा वडा स्तरीय बाल भेला तथा अधिवेशन सम्पन्न भएको छ ।

वडा नम्बर-६ का कार्यबाहक वडाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा चलेको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु बालबालिकाको संगठन, समुदाय र विद्यालय नै प्रमुख मेरुदण्ड भएको भन्दै बाल भेला र अधिवेशन गरिएको बताउनुभयो ।

निस्दीका ७ वटै वडामा र पालिकाको ५३ वटै विद्यालयहरुमा बाल मन्च गठन गरिने छ । गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले भविष्यको कर्णधार बालबालिका भएको बताउदै गाउँपालिकाले योजनाबद्ध बाल कार्यक्रम सन्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा शिक्षा संयोजक नर बहादुर थापा, कार्यपालिका सदस्य मिम्श्री बयम्बु ,नेपाली कांग्रेसका गाउँ सभापति गगनसिं खनगाहा,गोरखनाथ माविका शिक्षक अनिल राना लगायतले बाल अधिकार र कर्तव्य बारे बोल्नुभएको थियो ।

भेलाले सरिता बिकको अध्यक्षता ९ सदस्यीय वडा स्तरीय बाल प्रतिभा बाल मन्च गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु नेपाली,सचिवमा रोशन नेपाली,कोषाध्यक्षमा लक्ष्मी बयम्बु र सहसचिवमा सुशीला सिंजाली चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सनम सुनारी,दिपिना सिंजाली,मनिषा बयम्बु र तास बहादुर सिंजाली रहनुभएको छ ।

अर्चलेका वडा सचिव मिन बहादुर रानाको स्वागत मन्तव्य र  बाल कल्याण अधिकारी कुश्माखर पाण्डेयको संचालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com