2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको रामपुरमा भूमि सम्बन्धी नाम दर्ता कार्य पुनः शुरु

पाल्पाको रामपुरमा भूमि सम्बन्धी नाम दर्ता कार्य पुनः शुरु


Sabalnews प्रकाशित मिति : सोमबार, पौस ४ २०७९
1.9K

पाल्पा ।

निर्वाचन आचारसंहिताका कारण रोकिएको भूमि सम्बन्धि कार्यलाई भूमि सम्बन्धी समस्या समाधन आयोगले पुनःनिरन्तरता दिएसँगै पाल्पाको रामपुरमा भूमि सम्बन्धी कार्य शुरु भएको छ ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको काम स्थानीय तह मार्फत गरि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्नका निमित्त पाल्पामा पनि समिति गठन गरि काम अघि बढेको थियो । निर्वाचन अघि अव्यवस्थित बसोबासी लगत संकलन, जग्गा नाप जांच, निस्सा दर्ता प्रक्रियासँगै कतिपय पुर्जा समेत तयार भैसकेको अबस्थामा निर्वाचन आचारसंहिताका कारण देखाउदै स्थगित भएको थियो ।

पाल्पा जिल्लाको रामपुर नगरपालिकामा अहिले आयोगले जग्गा नापजांच, लगत संकलन, राजश्व सङकलन तथा दर्ताका कामहरु गरिरहेको छ । बर्षौसम्म भूमी आयोग बन्ने र बिघटन भैरहेको अवस्थामा यसपटक अव्यवस्थित बसोबासीलाई पहिलो चरणमा जग्गा धनि पुर्जा दिइने राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेले जानकारी दिनुभयो । पहिलो चरणमा सम्पुणर् प्रक्रिया पुरा गरेका ३ सय ७७ निवेदकलाई राजश्व दाखिला गरि नाम दर्ता गर्ने काम गरिरहेको गैरेले बताउनुभयो ।

रामपुर नगरपालिकामा अव्यवस्थित बसोबासीको निवेदन परेका कुल ७ सय ८३ मध्ये साविक रामपुर गाविस तथा रामपुर नगरपालिका वडा नम्बर ५, ६ र ७ का राजस्व दाखिला गर्न तयार ३ सय ७७ निवेदनको राजश्व दाखिला पश्चात् दम्पतीको नाममा नाम दर्ता दु्रत गतिमा बढिरहेको छ । अहिले गत मंसिर २५ गते निर्वाचन आयोगको फुकुवा पत्र अनुसार राष्ट्रिय भूमि आयोगले मंसिर २८ गतेदेखि काम गर्न भनेअनुसार पुष ३ गतेदेखि दम्पतिको नाम दर्ता पुनः शुरु भएको हो । समितिले २ दिनमा ६५ जनाको नाम दर्ता पुरा गरेको छ । सबै कानुनी आधार पुरा गरेर १ सय बढीले राजश्व दाखिला गरिसकेका छन् ।

आयोगको २०७५ ले गठन आदेश जारी गरे अनुरुप पुराना र बाकी काम भित्रकाको झण्डै ४ सय निवदेनलाई असोजमा पुर्जा बितरण गर्ने गरि काम तिब्र गर्दै गर्दा भदौ ३० गते भुमिआयोगका काम तत्काल रोक्न निर्वाचन आयोगले सुचना दिएको थियो । सो दिन मात्र १७ दम्पतीको पुर्जाका लागि नाम लेख्ने काम भएको थियो । यसरी नाम दर्तामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकतामा नाम नखुलेको खण्डमा विवाहदर्ता प्रमाणपत्र, बसाई सरेको खण्डमा बसाईसराई प्रमाणपत्र, हालसालैको २ २ प्रति पासपोर्ट साइजको फोटो सहित आफै उपस्थित हुनुपर्नेछ ।

(नाम दर्ता गर्नुहुदै प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ दम्पती)

सबैले बैंकमा रकम दाखिला गरेको खण्डमा ३/४ दिनमा ३७७ को काम पुरा गरिनेछ गैरेले भन्नुभयो । दोस्रो चरणमा हकदावी पार गरि मुचुल्का गरेका २ सय ८६ निवेदकको अन्तिम सुचना प्रकाशन गरिनेछ । अन्य १२० वटा निवदेनमा केही प्राविधिक त्रुटि तथा कागजात नपुगेकाको हकमा काम गरि यसलाई पनि नाम दर्ता चरणमा किनारा लगाउनेछ । लामो समय जग्गा पुर्जाको आशामा निवदेन दिदै बसेका रामपुर बजारबासीलाई पुर्जा दिन आयोग आतुर रहेको छ अध्यक्ष गैरेले भन्नुभयो-जिल्लामा २०५१ मा केही पुर्जा बितरण भएको थियो अब त्यो भन्दा बढी हस्तान्तरण गर्ने गरि तयारीमा लागेका छौं । ०७५ सालको गठन आदेश अनुसार जो जग्गा पाउनुपर्ने हो पुर्जा विहिन हुनुपर्छ भन्ने लागेको छैन गैरेले थप्नुभयो ।

जिल्लामा तत्कालिन गाउँ पंचायत, गाविस, क्याम्पस, विद्यायल, प्रहरी कार्यालय समेतले बिक्री बितरण गरेको पुर्जा बिहिन यस्ता जग्गा छन् । जुन रसिदको भरमा भोगचलन भईरहेको छ । २०५६ सालमा रामपुर गाविस अन्तर्गत गठित अव्यवस्थित बासोबास तथा सार्वजनिक जग्गा संरक्षण समितिद्धारा लगत अध्यावधिक गरिएका सरकारी प्रकृतिका जग्गाका घडेरीलाई व्यवस्थित गर्न नेपाल सरकारबाट जारी रामपुर नगरपालिका अन्तर्गत जग्गा दर्ता समिति गठन आदेश २०७२ र ०७५, आन्तरिक कार्यविधि २०७६, विगतका आयोग समिति र कार्यदलका बाँकी काम गर्न पुणर् रित पुगेकाको हकमा सबै काम पुरा भएको हो । २१ दिने हकदावीमा विरोध पर्न नआएकाको हकमा सिमा चौकिल्ला बमोजिम नक्शा भई स्थलगत र्सजमिन नगरपालिकाबाट निणर्य भई सिफारिस भएका निवेदकको प्रमाण रहेका कित्ता न र क्षेत्रफलका जग्गा दर्ता गरिनेछ । पहिलो चरणको लागि यी पार गरेकाको हकमा भदौ २९ गते जग्गाधनीका नाममा दर्ता गर्ने निणर्य अनुसार बुझाउनुपर्ने राजश्व खातामा दाखिला गरि भौचर र प्रमाण सहित जग्गाधनी आफै आउन सुचना जारी भएको थियो ।

भूमि सम्बन्धि समस्या समाधान आयोग पाल्पाका सदस्य कृष्ण अधिकारीले राजश्व बुझाएको बैंक भौचर समितिमा आएर बुझाएको खण्डमा लालपुर्जाको लागि नाम दर्ता गरिएको बताउनुभयो । गठन आदेश २०७५ अनुसार सरकारी मुल्यको न्युनतम २० प्रतिशत राजश्व बुझाउनुपर्ने भएकाले निवेदकले रकम बुझाएर दर्ताका लागि आएका छन् । गठन आदेश २०७८ अनुसार राजश्व मापदण्ड ८ देखि २०० प्रतिशत रकम दाखिला गर्नुपर्ने प्रावधान छ । मालपोत कार्यालयको न्युनतम मुल्यांकन, जग्गाको क्षेत्रफल, सम्बन्धित वडा कार्यालयको घरबाटो सिफारिसको आधारमा मुचुल्का निर्धारण हुन्छ ।

२०७८ साल चैतमा समिति गठन भएपछि जिल्लामा काम शुरु गरेकोमा असारदेखि राष्ट्रिय भूमि आयोग रामपुर नगरपालिकामा कार्यालय स्थापना भई काम भईरहेको हो । रामपुरमा पहिलो चरणको काम सकेसँगै रामपुरको कुल बाँकी र अन्य पालिका रैनोदवी छहरा, माथागढी, तानसेन र रामपुरको बाँकी तथ्याक संकलन देखिको प्रक्रिया थाल्नेछ । माथागढी रामपुरको दर्छा र बतासेमा २०५५ सालमा बितरण गरेका लालपुर्जाको रेकर्ड नापी, मालपोतको फिल्डबुकमा नभएकालाई बिधिसंवत प्रक्रिया नपुगेकोलाई सकेर सम्पादन गर्दै जाने गरिन्छ ।

जिल्लाका १० मध्ये आयोगसँग सम्झौता भएका ५ पालिकाको सुचना संकलन गर्ने काम भएको छ । बाँकी ६ पालिकाले सम्झौता ढिलो गरेकोले कार्यसमपादन गर्न ताकेता गरेको छ ।
अब बास्तविक र मुमिहिनलाई मालिक बनाउने, एक टुक्रा भएपनि धर्तीको स्वामित्व गराउने निति अनुसार रामपुरको सकेलगत्तै जिल्लाको अन्य भेगको समस्या समाधान गर्ने गरि काम गर्ने समितिले जनाएको छ ।

यसपछि गठन आदेश २०७८ अनुसार संकलन प्रक्रिया पुयाएर विभिन्न पालिकामा चरणबद्ध रुपमा काम गर्ने समितिको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com