2

Logo २०८३ बैशाख १३ आइतबार
काङ्ग्रेस उपसभापति गुरुङ र प्रदेश सभापति पुन बिच भेट, जुटेर संसदीय दलमा जान आग्रह

काङ्ग्रेस उपसभापति गुरुङ र प्रदेश सभापति पुन बिच भेट, जुटेर संसदीय दलमा जान आग्रह


Sabalnews प्रकाशित मिति : आइतबार, पौस ३ २०७९
1K

काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनविच आज भेटवार्ता भएको छ ।

भेटमा संसदीय दलको निर्वाचनको बारेमा छलफल भएको हो । सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न आग्रह गर्नु भएको छ ।

साझा उम्मेदवार दिन सकेमा मात्र समूह र कांग्रेस बच्नेमा सभापति पुनले जोड दिनुभएको छ । उनीहरू बिचमा राष्ट्रिय राजनीति, संघ र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल भएको पुनको सचिवालयले जनाएको छ ।

इतर समूहबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापा दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com