2

Logo २०८३ बैशाख १३ आइतबार
भारतीय भुपुहरुको पेन्सन पट्टा नवीकरण शिबिर पाल्पामा प्रभावकारी

भारतीय भुपुहरुको पेन्सन पट्टा नवीकरण शिबिर पाल्पामा प्रभावकारी


सीता डोटेल प्रकाशित मिति : शुक्रबार, पौस १ २०७९
862

पाल्पा ।

पाल्पाको रामपुरमा पहिलोपटक भारतीय भुपुहरुको पेन्सन नबिकरण शिबिर प्रभावकारी भएको छ ।

भुपु सैनिक सस्था रामपुर पाल्पाको आयोजनामा भारतीय राजदुताबास पेन्सन वितरण कार्यालय पोखराले पोखरा कार्यालयबाट नियमित पेन्सन खादै आएका रामपुर क्षेत्रका भुपुहरु र उनीहरुका परिवारले खादै खाएका पेन्सन पट्टा नबिकरण गरेको हो ।

हरेक बर्ष पेन्सन नवीकरण गर्नुपर्ने सरकारी प्राबधान अनुसार यस क्षेत्रका पेन्सनकर्ताहरु आफै पोखरा पुगेर नबिकरण गर्नुपर्नेमा पोखरा कार्यालय स्थानीय स्तरमा आएर नवीकरण सेवा दिएको हो ।

२ दिने शिबिरमा ५७४ जनाले पेन्सन पट्टा नबिकरण गरेको भुपु सैनिक सस्था रामपुरका अध्यक्ष पुर्ण बहादुर थापाले बताउनुभयो । यही नवीकरण गर्न जान गाडी रिजर्व बोकेर घरका २/३ जना जानुपर्ने परिवारमा ठूलो राहत भयो, एक्लै जान सक्ने भएपनी गाउँमै आएको सेवाले सबैलाई सजिलो बनाएको छ, थापाले भन्नुभयो ।

पहिलो दिन रामपुर नगरपालिका भित्रका र र दोस्रो दिन स्याङ्जा तनहुँ सहित पाल्पाको छिमेकी पालिकाका भुपुहरुको पट्टा नवीकरण गरेको सस्थाका सचिव पुर्ण बहादुर रानाले जानकारी दिनुभयो ।

ठूलो संख्यामा रहेका पेन्सनियाहरु पोखरा जानुपर्दा अशक्त वृद्धलाई लैजान असहज हुने र समय छुट्याएर बास नै बस्ने गरि जानुपर्ने अबस्था, गाडी रिजर्भ वा गाडी भाडा खर्च हुनेमा यस्ता शिबिर स्थानीयस्तरमा आउदा निकै सहज भएको छ । पेन्सन बितरण केन्द्र पोखराका प्रमुख कर्नेल शशांक त्रिपाठीले सस्थाको पहलमा शिबिर ल्याएर ठूलो राहत मिलेको बताउनुभयो ।

समय-समयमा कार्यालयले पाल्पाको चिलान्दी सहित स्याङ्जाको वालिङ, बाग्लुङ, तनहुँ, गोरखा सहित विभिन्न जिल्लाका दर्जनौं स्थानमा नवीकरण शिबिर राख्दै आएकोमा रामपुरमा पहिलोपटक राखिएको शिबिर प्रभावकारी भएको छ त्रिपाठीले भन्नुभयो । उहाँले भारतीय पेन्सनीयाहरु र उनका परिवारलाई धेरै स्किम ल्याएको बताउदै भारतीय भुपु सैनिकहरुको योगदान अतुलनीय उल्लेख गर्नुभयो । उपचार स्किम, भुपुहरुका २५ बर्ष मुनिका छोराछोरी, श्रीमती र अपाङ्गता अशक्त छोराछोरीलाई जिवनभरको सुविधा लगायतका सेवा भारतीय सरकारले दिदै आएको स्मरण गर्दै “डिजिटल इण्डिया” अभियान चलिरहेकाले अब विभिन्न सुबिधा उपभोग गर्न र नवीकरण सहज गराउन कार्यालय अग्रसर भएको बताउनुभयो ।

भारतीय सरकारी एसबीआई बैंक रामपुरमा नभएकोले धेरै भुपुहरु र उनका परिवारमा परेको समस्याबारे सबल न्युजले गरेको सवालमा प्रमुख त्रिपाठीले बैंक स्थापना भइदिएको खण्डमा धेरै राहत मिल्ने बताउनुभयो । विभिन्न समयमा बैंकलाई अनुरोध गरिएको छ, अन्तिम निर्णय बैंकको हुन्छ, हामी सहित यहाँका भुपुहरुले माग गर्नुभएको छ यसमा हामी नियमित सकारात्मक पहल गर्छौं उहाँले भन्नुभयो ।

पेन्सन लिने स्वयम् व्यक्ति भए व्यक्तिको एटिएम कार्ड हुने र भुपु सैनिकका श्रीमती परिवारहरुको एटिएम नभएर चेक हुने हुँदा बैंक नभएका स्थानमा थप समस्या आउने उनीहरुको भनाई छ । रामपुर क्षेत्रमा एसबिआई बैंक र एटिएम नहुदा मारमा परेको भुपुहरुको गुनासो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com