समितिको सदस्यहरुमा सुुमित घिमिरे, दुुर्गा पाण्डे, जनकराज अर्याल, सागर कुंवर, शिव भट्टराई, सुशिल बस्याल, भरत खड्की, बविता विष्ट, अनिता ज्ञवाली, सीमा सारु, सकुन्तला गैरे, विजयी बम्डेल, श्रवण गोतामे र तुल्सा गाहा रहेका छन् । यस्तै प्रतिष्ठानको संरक्षकमा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्ध्यक्ष दुर्गा रायमाझी र प्रतिष्ठान पाल्पाका निवर्तमान अध्यक्ष रेखा विष्ट रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष तथा पाल्पाली लोकप्रिय गायक बद्री पंगेनीले लोकगीत र संगीतको सामाजिक मर्म बोल्ने बताउनुभयो । नयाँ नेतृत्वलाई बधाई दिदै पङ्गेनीले पाल्पा प्रतिष्ठानको गरिमा जोगाउन आग्रह गर्नुभयो ।

प्रतिष्ठानका निवर्तमान अध्यक्ष रेखा विष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । यसैबीच प्रतिष्ठान पाल्पाको पहिलो बैठक बिहीवार बसेको छ ।