राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पाल्पा भट्टराईको नेतृत्वमा
पाल्पा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको २० औं साधारण सभा तथा ८ औं अधिवेशनले कमल भट्टराईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
पाल्पा प्रतिष्ठानको सचिव रहनुभएका गायक भट्टराईको अध्यक्षतामा गठित समितिको प्रथम उपाध्यक्षमा रुपेश कार्की, द्धित्तिय उपाध्यक्षमा दीपक केसी, महिला उपाध्यक्षमा यशोदा कार्की, सचिवमा बविता खनाल, सह–सचिवमा गणेश न्यौपाने, कोषाध्यक्षमा धनी खाम्चा, सह–कोषाध्यक्षमा रामकृष्ण थापा र प्रवक्तामा ममता कोइराला रहनुभएको छ ।
समितिको सदस्यहरुमा सुुमित घिमिरे, दुुर्गा पाण्डे, जनकराज अर्याल, सागर कुंवर, शिव भट्टराई, सुशिल बस्याल, भरत खड्की, बविता विष्ट, अनिता ज्ञवाली, सीमा सारु, सकुन्तला गैरे, विजयी बम्डेल, श्रवण गोतामे र तुल्सा गाहा रहेका छन् । यस्तै प्रतिष्ठानको संरक्षकमा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्ध्यक्ष दुर्गा रायमाझी र प्रतिष्ठान पाल्पाका निवर्तमान अध्यक्ष रेखा विष्ट रहनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष तथा पाल्पाली लोकप्रिय गायक बद्री पंगेनीले लोकगीत र संगीतको सामाजिक मर्म बोल्ने बताउनुभयो । नयाँ नेतृत्वलाई बधाई दिदै पङ्गेनीले पाल्पा प्रतिष्ठानको गरिमा जोगाउन आग्रह गर्नुभयो ।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष रेखा विष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । यसैबीच प्रतिष्ठान पाल्पाको पहिलो बैठक बिहीवार बसेको छ ।