2

Logo २०८३ बैशाख १३ आइतबार
नहरमा नवजात शिशु मृत फेला

नहरमा नवजात शिशु मृत फेला


Sabalnews प्रकाशित मिति : बुधबार, मंसिर २८ २०७९
687

पाल्पा ।

रामपुर फाट सिंचाइ योजनाको नहर अन्तर्गत रामपुर नगरपालिका वडा नं.५ बेझाँड बसपार्क नजिकै नहरमा नवजात शिशु मृत फेला परेको छ ।

बुधबार विहान स्थानीयले सालनाल सहितको शिशु नहरको पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । बगिरहेको नहरको पानीमा नवजात शिशु (बालिका) शव बुधबार विहान फेला परेको हो ।

प्रहरीका अनुसार अन्दाजी १/२ दिनको नवजात शिशुको शव फेला परेको हो । बच्चा हेर्दा पूरा महिना पुगेर जन्मेको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । बच्चा जन्माएर नहरमा फालेको आशंका छ ।

थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेको शिशुको शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com