रामतुलसी मा.वि.को ५५ औं बार्षिकोत्सवमा विभिन्न प्रतियोगिता हुदै
पाल्पा ।
रामतुलसी माध्यमिक विद्यालय रामपुरको ५५ औं बार्षिकउसवको अबसरमा बिभिन्न प्रतियोगिता सञ्चालन भएको छ ।
यस क्षेत्रकै जेठो माध्यामिक विद्यालय रामतुलसी मा.बि.ले कक्षागत बिबिध प्रतियोगितात्मक कार्यक्रम गरि मंसिर २६ गतेदेखी बार्षिकोत्सवको कार्यक्रम सञ्चालन गरिरहेको बिद्यालयले जनाएको छ । नमुना बिद्यालयले मन्टेश्वरी तथा नेपाली र अङ्ग्रेजी माध्यम तर्फ बिबिध प्रतियोगिता आयोजना गरेको छ । पुष १ गते औपचारिक कार्यक्रमका बिच बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न हुने विद्यालयका प्रध्यानध्यापक बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।

मन्टेश्वरी तर्फ पिजी,नर्सरी, केजी र १ कक्षाका बच्चाहरुका लागि तातो आलु, बेलुन फोर, भित्र बाहिर खेल, नमस्ते खेल, नृत्य प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरेको छ । अग्रेंजी माध्यममा नर्सरी, एलकेजी, युकेजी तहमा र सो भन्दा माथि अग्रेंजी र नेपाली माध्यममा छुट्टाछुट्टै गरि कक्षा १-३, ४-५, ६-८ कक्षाको विभिन्न मनोरञ्जनात्मक, शारीरिक, ज्ञानसीपयुक्त फरक-फरक प्रतियोगिता आयोजना गरेको छ ।
नेपाली र अङ्ग्रेजी माध्यमतर्फ कक्षा ९ र १० मा बेलुनफोर, तिनखुट्टे दौड, कुर्ची दौड, बास्केटबल, हाइजम्प, लङजम्प, छात्र, छात्रा फुटवल, भलिवल प्रतियोगिता लगायतका प्रतियोगिता सम्पन्न भएको छ । चित्रकला प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिता बिहिबार सञ्चालन हुनेछ ।
बेलुनफोर प्रतियोगितामा छात्रा तर्फ दिपा गुरुङ प्रथम, अनुषा भन्डारी द्धितिय र सविना चापागाई तृतीय भएका छन् । तिनखुट्टे दौडमा छात्रा तर्फ प्रथम समिता रेग्मी र सुरक्षा खनाल, द्धितिय बृन्दा गौतम र स्वस्तिका पराजुली, तृतीय सन्दिका नेपाली र सृष्टि सारु भएका छन् । छात्रा कुर्ची दौड प्रतियोगितामा प्रथम स्वस्तिका पराजुली, द्धितिय अन्जना अस्लामी र तृतीय बृन्दा गौतम भएका छन् । हाइजम्पमा छात्र तर्फ बिजय परियार प्रथम, मनोज फाल द्धितिय र सुरज सुनारी र शुशिल बाह्रघरे तृतीय भएका छन् । लङजम्प छात्र तर्फ समिर पुलामी प्रथम, बिजय परियार द्धितिय र अनुज नेपाली तृतीय भएका छन् ।

१०० र २०० मिटर दौड साथै ४०० मिटरको रिले दौड भएको छ । १०० मिटर दौड पुरुष तर्फ समिर पुलामी, बिजय परियार, लक्ष्मण बि.क र गोविन्द आले क्रमशः प्रथम द्धितिय र तृतीय भएका छन् छात्रा तर्फ पुष्पा गिरी, पुर्णिमा गैरे र आयुषा थापा क्रमशः प्रथम द्धितिय तृतीय भएका छन् । २०० मिटर दौडमा छात्र तर्फ प्रथम लक्ष्मण बि.क, द्धितिय सनिष पुलामी र गोविन्द आले तृतीय भएका छन् । छात्रा तर्फ प्रथम चन्दा राना, द्धितिय सिटी सिं ठकुरी र तृतीय सरस्वती थापा भएका छन् । ४०० मिटर रिले दौडमा छात्रमा नङ बहादुर सारु, हुम बहादुर पुलामी, समिर पुलामी, सागर नेपाली प्रथम छात्रा तर्फ रिले दौडमा मनिषा नेपाली, मनिषा श्रेष्ठ, नारायणी श्रेष्ठ, सिमा नेपाली प्रथम भएका छन् ।
फुटवल तर्फ छात्र प्रतियोगितामा हुम बहादुर पुलामीको टिम र छात्रा तर्फ सन्दिका नेपालीको टिम प्रथम भएका छन् भने भलिवल प्रतियोगितामा छात्र तर्फ शुशिल बाह्रघरे र छात्रा तर्फ पवित्रा सिंजालीको टिम प्रथम भएको छ । बास्केटवल पनि भएको छ ।

कक्षा ११-१२ तर्फ शिक्षा र व्यवस्थापन तर्फ १००, २०० र ४०० मिटर छात्र, छात्रा दौड प्रतियोगिता, लङजम्प, हाइजम्प, सटफुट र बास्केटबल प्रतियोगिता सकिएका छन् ।
छात्र लङ्जम्प प्रतियोगिता तर्फ प्रथम सरोज बि.क., द्धितिय राजेश सुनार र तृतीय अर्जुन आले भएका छन् । छात्रा तर्फ प्रथम, द्धितिय, तृतीय क्रमशः अस्मिता पौडेल, अन्जना श्रेष्ठ र बिनिता श्रेष्ठ भएका छन् । छात्र हाइजम्प प्रतियोगिता तर्फ प्रथम नगेन्द्र सोती, द्धितिय सुदर्शन सोती र भुपेन्द्र राना तृतीय भएका छन् ।
बिज्ञान र कृषि माध्यम तर्फ १०० र २०० साथै ४०० रिले दौड प्रतियोगिता, भलिवल, मेमोरी टेस्ट, बेलुन फोर, हाइजम्प, लङजम्प, स्ट्रगल खेल र हाजिरी जवाफ प्रतियोगिता सकिएका छन् । छात्रा बेलुनफोर प्रतियोगितामा प्रथम कुस्मा पाठक, द्धितिय अस्मिता तिवारी र तृतीय भएका छन् ।
छात्र लन्जम्प प्रतियोगितामा बिजय पाठक प्रथम, राजन क्षेत्री द्धितिय र रजित क्षेत्री तृतीय भएका छन् । स्ट्रगल खेलमा छात्रमा प्रकाश डुम्रे प्रथम, मनोज खनाल द्धितिय र तृतीय सन्दिप भट्टराई भएका छन् भने छात्रा तर्फ स्ट्रगल खेलमा प्रथम नग्मा शेख, द्धितिय कृतिका खनाल र तृतीय झरना जिटी भएका छन् ।

