एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालको उपाध्यक्षमा श्रेष्ठ
काठमाडौं ।
निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालको उपाध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा भएको नयाँ कार्यसमिति चयनमा कान्तिपुर डेन्टल कलेजका सञ्चालक समेत रहनुभएका श्रेष्ठ उपाध्यक्ष हुनुभएको हो ।
मंगलबार बसेको साधारण सभाले अध्यक्षमा प्राध्यापक डा ज्ञानेन्द्रमानसिंह कार्कीलाई चयन गरेको छ । कार्की बिराट मेडिकल कलेज बिराटनगरका सञ्चालक हुनुहन्छ ।
यसैगरी काठमाडौँ मेडिकल कलेज तथा नोवेल मेडिकल कलेजका भीम चन्द महासचिवमा हुनुभएको छ । यस्तै एशोसिएसनको कोषाध्यक्षमा पोखरा मणिपाल मेडिकल कलेजका सञ्चालक शान्तराज बतास चयन हुनुभएको छ।
साधारणसभाले सदस्यहरुमा चितवन मेडिकल कलेजका सञ्चालक डा हरिषचन्द्र न्यौपाने, कलेज अफ मेडिकल साइन्सेज भरतपुरका डा नटराजप्रसाद, गण्डकी मेडिकल कलेजका खुमा अर्याल, लुम्बिनी मेडिकल कलेजका डा. गोपाल पोखरेल लगायत सबै मेडिकल कलेजका सञ्चालकहरुलाई सदस्यमा चयन गरेको छ ।
एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालको निनेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारी अध्यक्ष हुनुहुन्थ्यो ।