दाेभान माविको ६१ ओै वार्षिकोत्सव सम्पन्न
पाल्पा ।
दाेभान मावि तिनाउ गाउपालिका पाल्पाले ६१ ओैं वार्षिकोत्सब एवम् अभिभावक दिवस बुधवार मनाएको छ ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले वार्षिकोत्सवक उद्घाटन गर्दै दाेभान माविले तिनाउ क्षेत्रकाे शैक्षिक उन्नयनका लागि खेलेकाे भूमिकाको चर्चा गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्तिमगरले प्रदेशबाट सक्दाे सहयाेगका लागि पहल गर्ने र यस क्षेत्रलाई शैक्षिक केन्द्र बनाउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, वडाध्यक्ष एवम् प्रवक्ता यादव अर्याल,एमाले तिनाउका अध्यक्ष राेमबहादुर लम्तरी,माओवादी केन्द्रका तिनाउ अध्यक्ष दिनेश जीसी,सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङ,तिलाेत्तमा मावि व्यवस्थापन समितिका अध्यक्ष टंक बस्याल लगायतले विद्यालयकाे प्रगति एवम् उन्नतिकाे कामना गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत एवम् सतप्रतिशत् विद्यार्थी उत्तीर्ण गराउने शिक्षकहरुलाई सम्मान गरिएकाे थियाे ।
विद्यालयका प्रध्यानध्यापक सूर्यप्रसाद पाैडेलले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने सहायक प्रअ भेषराज पाेखरेलले स्वागत गर्नुभएको थियो ।
शिक्षकहरु गाेपाल केसी र सन्ताेष शेरचनले कार्यक्रमको सञ्चालन गर्नुभएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रब्यूह थापाकाे अध्यक्षतामा भएकाे थियाे ।