पाल्पा१,१बाट प्रदेश सभामा एमाले नेता राजु श्रेष्ठ बिजयी
पाल्पा ।
पाल्पा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा एमालेका उमेदवार राजु प्रसाद श्रेष्ठ बिजयी हुनुभएको छ ।
मतगणनाको शुरुदेखि नै अग्रता लिनुभएका श्रेष्ठ पहिलोपटक प्रदेश सभामा बिजयी हुनुभएको हो । बिजयी श्रेष्ठले १७,६४१ र उहाँका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उमेदवार श्यामकान्त खनालले १२,२५१ मत ल्याउनुभएको छ ।
पाल्पा १,१ को प्रदेश सभामा नयाँ अनुहारका उमेदवारका रुपमा श्रेष्ठ र खनाल पहिलोपटक प्रतिस्पर्धा गर्नुभएको थियो । श्रेष्ठले खनाललाई ५,३९० मत अन्तरले पछाडी पार्दै बिजयी हुनुभएको हो ।
प्रदेश सभामा कुल मतदाता सङ्ख्या ४९,२५१ रहेकोमा कुल ३१,२११ मत खसेको थियो । जहाँ कुल मतको ५४६ मत बदर भएको थियो ।
त्यस्तै प्रदेश १ तर्फ ५ दलको उम्मेद्बारी मध्य राप्रपाका डुल बहादुर गाहाले ४३१, मंगोल नेशनल अर्गनाइजेशनका पूर्ण बहादुर रुचालले २६० र भिमसेन सुनारीले ८० मत प्राप्त गर्नुभएको छ ।