2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा१,१बाट प्रदेश सभामा एमाले नेता राजु श्रेष्ठ बिजयी

पाल्पा१,१बाट प्रदेश सभामा एमाले नेता राजु श्रेष्ठ बिजयी


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर ८ २०७९
1.8K

पाल्पा ।

पाल्पा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा एमालेका उमेदवार राजु प्रसाद श्रेष्ठ बिजयी हुनुभएको छ ।

मतगणनाको शुरुदेखि नै अग्रता लिनुभएका श्रेष्ठ पहिलोपटक प्रदेश सभामा बिजयी हुनुभएको हो । बिजयी श्रेष्ठले १७,६४१ र उहाँका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उमेदवार श्यामकान्त खनालले १२,२५१ मत ल्याउनुभएको छ ।

पाल्पा १,१ को प्रदेश सभामा नयाँ अनुहारका उमेदवारका रुपमा श्रेष्ठ र खनाल पहिलोपटक प्रतिस्पर्धा गर्नुभएको थियो । श्रेष्ठले खनाललाई ५,३९० मत अन्तरले पछाडी पार्दै बिजयी हुनुभएको हो ।

प्रदेश सभामा कुल मतदाता सङ्ख्या ४९,२५१ रहेकोमा कुल  ३१,२११ मत खसेको थियो । जहाँ कुल मतको ५४६ मत बदर भएको थियो ।

त्यस्तै प्रदेश १ तर्फ ५ दलको उम्मेद्बारी मध्य राप्रपाका डुल बहादुर गाहाले ४३१, मंगोल नेशनल अर्गनाइजेशनका पूर्ण बहादुर रुचालले २६० र भिमसेन सुनारीले ८० मत प्राप्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com