2

Logo २०८३ बैशाख १३ आइतबार
समानुपातिक उमेदवार सन्दिप रानाबाट कालिका केन्द्रमा पहिलो मतदान

समानुपातिक उमेदवार सन्दिप रानाबाट कालिका केन्द्रमा पहिलो मतदान


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९
589

पाल्पा

नेपाली काङ्ग्रेसका युवा नेता समानुपातिक उमेदवार सन्दिप रानाले कालिका माबि मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको छ ।

रामपुर नगरपालिका ४ देविस्थानमा रहेको मतदान केन्द्रको “घ” बुथबाट रानाले ७.४५ बजे पहिलो मतदान गर्नुभएको हो ।

प्रतिनिधि सभाका समानुपातिक उम्मेद्बार राना मतदान गर्दै  लोकतन्त्रमा मताधिकारको प्रयोग गरेको बताउनुभयो । उहाँले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न मतदातामा आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ४ मा ३३७६ मतदाता छन् । जहाँ कालिका माबि एउटा मात्र मतदान स्थल छ । सो मतदान स्थलमा क ख ग घ गरि ४ मतदान केन्द्र रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com