समानुपातिक उमेदवार सन्दिपको संकल्प: विकासका लागि पुर्वी पाल्पामा मेडिकल कलेज, आइटी कलेज र एयरपोर्ट आवश्यक
पाल्पा ।
नेपाली कांग्रेसका युवा नेता तथा काङ्ग्रेसका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार सन्दिप रानाको उम्मेदवारीले पुर्वी पाल्पा र पाल्पालीको विकास नै आफ्नो राजनैतिक संकल्प भएको बताएका छन् ।
देश तथा बिदेशमा राम्रो काम गरेर नेपाली राजनितिमा नाम कमाउन सफल युवा नेता रानाको उम्मेद्बारीले पाल्पाली मतदातामा उत्साह छाएको छ । पाल्पा क्षेत्र नं १ मात्र नभई समग्र कालीगण्डकी वारिपारीका आम नागरिकमा उहाँको उम्मेदवारीले एक किसिमको उत्साह र जनतामा उर्जा थपिएको युवाको भनाई छ ।
सबैलाई समान र न्याय ढंगले मित्रवत् व्यवहार गर्ने उम्मेदवार रानाले आफ्नो क्षेत्रको लागि मात्र नभई कालीगण्डकी वारिपारीका नागरिकलाई सुबिधा लिन मिल्ने खालका चुनावी योजना जनतामाझ ल्याएको स्थानीय दिपक अर्यालले बताउनुभयो।
रानाले शहरीकरण हुुँदै गएको पुर्वी पाल्पाको रामपुरमा मेडिकल कलेज, आइटी कलेज स्थापना, यातायात क्षेत्रलाई सुगम बनाउन हवाईमार्ग निर्माण लगायतका नयाँ योजना ल्याउनुभएको छ ।
यो क्षेत्र पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुरको केन्द्र भागमा रहेको छ भने गुल्मी पर्वत सहितका जिल्लालाई फाइदा पुग्नेछ । पाल्पा क्षेत्र नं १ ले भविष्यमा राम्रो विकासको सम्भावना बोकेको छ रानाले भन्नुभयो-यस क्षेत्रको विकास र यहाँका जनतालाई सुबिधा दिलाउने गरी मेडिकल कलेज, आइटी कलेज स्थापना, हवाईमार्ग निर्माण लगायतका काममा पहल गर्नेछु।
साथै पर्यटकीय नगरी रामपुरलाई एउटा साँस्कृतिक शहरका रुपमा विकास गर्ने र यहाँको मौलिक संस्कृतीलाई जोगाउने रानाको चुनावी प्रतिबद्धता छ । लामो समय केन्द्रिय राजनिति र नेता संग नजिक रहनुभएका रानाले अब पुर्वी पाल्पाको परिवर्तनको लागि आफू आएको बताउनुभयो ।
पुर्वी पाल्पाको रामपुर, झिरुवासको काउलेडाँडा, मित्यालका बस्ती, सहलकोटका गुफा सहित यस ठाउँले पर्यटन विकासमा सम्भावना बोकेको हुदा संयुक्त विकास गरी हेर्न र घुम्न लायकको ठाउँ बनाउने रानाको भनाई छ । यहाँको मौलिकता जोगाउन देखि परम्परागत कृषिमा आधारित जनतालाई सक्षम बनाउन, जीवनस्तर सुधार गर्नका लागि अबको पाँचवर्ष जनताको सुखदुखमा खर्चनेछु रानाले भन्नुुुभयो ।