2

Logo २०८३ बैशाख १३ आइतबार
छैठौं मण्डली कपको उपाधि स्याङ्जाको चापाकोटलाई

छैठौं मण्डली कपको उपाधि स्याङ्जाको चापाकोटलाई


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक १९ २०७९
2.6K

पाल्पा

पाल्पाको पूर्वखोला गाउँपालिका १ सिलुवामा सञ्चालन भएको छैठौं मण्डली कपको उपाधि स्याङ्जाको चापाकोटले हात पारेको छ ।

मण्डली स्पोर्ट्स क्लबको खेलमैदान सिलुवामा गत कार्तिक १६ गते देखि सञ्चालन भएको प्रतियोगितामा चापाकोट भलिवल टिमले श्रीनगर भलिबल क्लब तानसेन माथि जित हासिल गरेको हो ।

फाइनलमा प्रबेश गरेको श्रीनगर भलिबल क्लब तानसेनले उपविजेतामा चित्त बुझाएको छ । खेलमा चापाकोटले २५-२०,२७-२५,२५-१७ र १८-२५ को अन्तरमा जित आफ्नो पक्षमा पारेको थियो ।

यसैगरी आयोजक मण्डली स्पोर्ट्स क्लबलाई पछि पार्दै मणिमुकुन्द भलिबल क्लबले तेस्रो स्थान प्राप्त गरेको छ । खेलमा मणिमुकुन्दले आयोजक टीमलाई २१-२५,२७-२९ र १५-२५ अंकको सोझो सेटमा जितेको हो । बिजेता समूहले नगद १ लाख रुपैयाँँ र ट्रफी, उपविजेताले नगद ७० हजार र ट्रफी, तृतीय हुने समूहले नगद ४० हजार, ट्रफी र सान्त्वना हुने समूहले नगद २० हजार,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । बिजयी टिम र विभिन्न विधागत पुरस्कार प्रदान गरिएको छ भने समापनमा सहयोगी दाताहरुलाई सम्मान गरिएको छ ।

समापनका अबसरमा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नून बहादुर थापाले बिजयीलाई बधाई दिदै क्लबले खेलकुदको बिकासमा राम्रो गरेको बताउनुभयो ।

क्लबका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षता, पूर्वखोला खेलकुद समितिका सचिव नविन आचार्यको स्वागत र सचिव कृष्ण पंगेनीको सञ्चालनमा कार्यक्रम चलेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com