2

Logo २०८३ बैशाख १३ आइतबार
आजबाट उम्मेदवारको प्रचार सभा, सञ्चारमाध्यमको प्रयोग समेत गर्न पाइने

आजबाट उम्मेदवारको प्रचार सभा, सञ्चारमाध्यमको प्रयोग समेत गर्न पाइने


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक १७ २०७९
841

काठमाडौं

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै आजबाट राजनीतिक दलहरूले चुनाव प्रचार गर्न पाउने भएका छन्। आजबाट आमसभा, जुलुस लगायतका गतिविधि गर्न पाइने भएको हो।

निर्वाचन आयोगका अनुसार आयोगको आचारसंहिता भित्रै रहेर तोकिए अनुसारको प्रचारात्मक अभ्यास गर्न सक्नेछन् । दल तथा नेताहरुले मङ्सिर १ गतेसम्म प्रचार-प्रसार गर्न पाउनेछन्। यस्तै सञ्चारमाध्यमबाट समेत तोकिएको मापदण्डको आधारमा प्रचारात्मक सामग्री प्रकाशन तथा प्रसारण गर्न पाउने आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।

उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा सोही बमोजिम मङ्सिर १ गतेसम्म निर्वाचन प्रचार- प्रसार गर्न सकिने आयोगले जनाएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com