2

Logo २०८३ बैशाख १३ आइतबार
संस्थागत विजारोपणको नेतृत्व गरेको छु–प्रदेश सभा उमेद्धार राजु प्रसाद श्रेष्ठ

संस्थागत विजारोपणको नेतृत्व गरेको छु–प्रदेश सभा उमेद्धार राजु प्रसाद श्रेष्ठ


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक १७ २०७९
673

पाल्पा ।

पुर्वी पाल्पाको हरेक विकासका कार्यमा जनताको साथमा सदैव रहेकोले अबको निर्वाचनमा आफुले जित्ने पाल्पाका प्रदेश सभा सदस्यका उमेद्धार राजु प्रसाद श्रेष्ठले बताउनुभएको छ ।

नेकपा एमालेबाट पाल्पा क्षेत्र नम्बर १, १ का प्रदेश सभा सदस्यका उमेदवार श्रेष्ठले रामपुर १ मा भएको कोणसभामा बोल्दै जनताको सुखदुःखमा सदैव आफु जनतासँगै भएकोले चुनाब जित्ने बताउनुभयो ।

रामपुरमा २०५४ सालमा बिद्युत्त लाइन ल्याउन रामपुर विद्युत विस्तार उपभोक्ता समितिको संस्थापक अध्यक्ष, बित्तिय संस्थामा रामपुर बचत तथा क्रृण सहकारीको संस्थापक अध्यक्ष, पुर्वी पाल्पामा पहिलो निजी विद्यालय रामपुर अग्रेजी बोडिङ्गको स्थापना, खानेपानीको समस्या भोग्नुपर्ने रामपुरबासीलाई रामपुर दोस्रो शहरी खानेपानी संस्थामा संस्थापक सचिव, नेवा समाज रामपुरको संस्थापक अध्यक्ष, रोटरी क्लब रामपुरको संस्थापक अध्यक्ष भएर निरन्तर काम गरिरहेको र यी संस्थाहरु अहिले पनि सक्रियपुर्वक चलिरहेकोले रामपुर क्षेत्र बनाउने काममा लागिरहेकोले सबै मतदाताले आफुलाई मत दिने उहाँले बताउनुभयो ।

२०५४ सालको स्थानिय निकायको निर्वाचनबाट रामपुर गाविस वडा न ४ को वडा अध्यक्ष भएपछि गरिएको अभिलेखकै आधारमा अहिले जग्गापुर्जा अनुसार खरिद बिक्री हुन्छ, हालसम्म गण्डकीबेशीको विकासका काममा अग्रपंक्तिमा छु श्रेष्ठले भन्नुभयो । रामपुरमा बसी निरन्तर काम गरिरहेको छु, काम गर्न सके सकिन तर कुनै लोभमा परेर बेइमान गरेको छैन–श्रेष्ठले भन्नुभयो ।

नेकपा एमालेबाट प्रदेश सभा सदस्य उमेद्धार रहनुभएका श्रेष्ठले पार्टी स्वार्थमा मात्र गर्दा काम गर्न गाह्रो हुन्छ पार्टी भन्दा माथि उठेर काम गर्ने भएकाले नै नेता कार्यकर्ताले पत्याएर उमेद्धार भएको र अब सांसद भएर पुर्वी पाल्पाको विकास गर्ने बताउनुभयो । बहुदलीय व्यवस्थामा पार्टी नै प्रमुख रहेको बताउदै उहाँले पार्टीका घोषणा पत्रलाई टेक्दै आफ्ना नागरिकको सेवा र युवा स्वरोजगारका कार्यक्रम ल्याउने योजना रहेको बताउनुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेशको सचिवालय सदस्य रहनुभएका श्रेष्ठले पुर्वी पाल्पा प्राविधिक शिक्षा, सरकारी अस्पतालमा दरबन्दी अनुसार बिशेषज्ञ सेवा, पर्यटकीय काउलेबन र देखि भुजातको पर्यटन प्रबद्र्धन एंव औधोगिक क्षेत्र, जडिबुटी तथा पकेट क्षेत्र, हरियाली पुर्वीपाल्पा र गाउँ–गाँउसम्म सडक पुर्‍याउन आफुले योजना बनाई चुनाबमा होमिएको बताउनुभयो । उमेद्धार श्रेष्ठ सहितका नेता कार्यकर्ताको टोलीलाई अहिले पुर्वी पाल्पाका बिभिन्न भागमा पुग्न भ्याईनभ्याई छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com