2

Logo २०८३ बैशाख १३ आइतबार
मतदाता शिक्षा सिकाउदै गठबन्धन दल

मतदाता शिक्षा सिकाउदै गठबन्धन दल


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक १७ २०७९
1.3K

पाल्पा

पाल्पामा बाम- लोकतान्त्रिक गठबन्धन दलले गाउँ-गाउँमा मतदाता शिक्षा दिन थालेको छ ।

बदर मतको संख्या कम गर्नका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्नै कार्यकर्तालाई परिचालन गरी मतदाता शिक्षा दिन लागेका हुन् ।

निर्वाचन आयोगले मतदाता शिक्षालाई जोडतोडका साथ लैजान नसकेका बेला गठबन्धन दलले भने गाउँ–गाउँमा मतदान सम्बन्धि सिकाउन थालेको हो । मतदाता शिक्षाका लागि बिहिबार माथागढी र तिनाउमा मतदाता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार रैनादेवी छहरा र रिब्दीकोटमा मतदाता शिक्षाका लागि प्रशिक्षण कार्यक्रम भइसकेको छ । यसअघि मतदाता शिक्षाका लागि तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकामा खटिने युवा तथा महिलाहरुका लागि प्रशिक्षण दिएको गठबन्धनका संयोजक तथा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठले बताबताउनुभयो ।
रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पूर्वखोलाका केही वडा वाहेक सबैमा बिहिबारसम्म मतदाता प्रशिक्षक प्रशिक्षण सकिएको सभापति श्रेष्ठले बताउनुभयो । निर्वाचनको प्रचारप्रसारसँगै मतदाता शिक्षाका लागि हरेक वडामा युवा तथा महिला खटाइने छ ।
प्रशिक्षण सम्पन्न भएका रिब्दीकोट, रैनादेवी छहरा, बगनासकाली र तानसेन नगरपालिकाका कार्यकर्तालाई मतदाता शिक्षाका लागि जनताको घरदैलोमा पठाइसकिएको छ । कांग्रेसका जिल्ला सभापति श्रेष्ठले निर्वाचनका लागि आयोगले दिएको प्रचार–प्रसारको समयसीमाभित्र मतदाता शिक्षाका लागि कार्यकर्ता खटाइने बताउनुभयो । सबैले मतदानमा भाग लिन पाउने अधिकार संरक्षणका लागि मतदाता शिक्षा चलाइएको माथागढी र तिनाउमा आयोजित कार्यक्रममा सभापति श्रेष्ठले बताउनुभयो ।
माथागढीमा रम्भा गाउँपालिका, माथागढी र पूर्वखोलाका केही वडावाट युवा तथा महिलाको सहभागिता गराइएको थियो । कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले प्रतिगमनको विरुद्धमा गरिएको आन्दोलनपछिको सत्ता गठबन्धन अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । उहाले जनतालाई भ्रम छरेर होइन सही ढंगले निर्वाचनमा परिचालन गरेर गठबन्धनले जित हासिल गर्नेसमेत बताउनुभयो । क्षेत्र १ मा २०५१ सालदेखि एउटै पार्टीले जित हासिल गरिरहँदा जनताको जिवनस्तर माथि उठ्न नसकेको र जनता सधैअभाव, दवावमा पिरोलिएको बताउनुभयो ।

माथागढीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेस सदस्य तथा संविधान सभा सदस्य लीला सोमई, नेपाली कांग्रेसका जिल्ला सचिव सन्तोष कुमार थापा, वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका क्षेत्र १ (२) का उम्मेदवार शंकर खनाल, नेकपा एसका जिल्ला युवा संयोजक आशिष श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सचिव मधु पराजुली लगायतले जनताले चाहेको पार्टीलाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउने र भयरहित ढंगले मतदान गर्न पाउनुपर्नेमा जोड दिएका थिए ।
तिनाउ र माथागढीमा आयोजित कार्यक्रममा कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका महासमिति सदस्य तथा बुथ व्यवस्थापन समितिका संयोजक राम बहादुर कार्की,काँग्रेसका जिल्ला सदस्य डा. माधव थापाले प्रशिक्षण दिनुभयो । निर्वाचनको समयमा हुन सक्ने दलको चुनाव चिन्हबारे प्रभावकारिा कायम राख्न पनि प्रशिक्षण जरुरी रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com