2

Logo २०८३ बैशाख १३ आइतबार
कुडुले घर र घरभित्र उज्यालोको लागि गठबन्धनलाई मतदान गर्नुस्– संघीय उमेद्धार ज्ञान बहादुर गाहा

कुडुले घर र घरभित्र उज्यालोको लागि गठबन्धनलाई मतदान गर्नुस्– संघीय उमेद्धार ज्ञान बहादुर गाहा


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक १६ २०७९
939

पाल्पा

पाल्पा १ का प्रतिनिधि सभा सदस्य उमेद्धार ज्ञान बहादुर गाहाले निस्दी गाउँपालिकाको मौलिक ‘‘कुडुले घर’’ घुमाउने घरको मौलिकता जोगाई पर्यटन प्रर्वद्धनमा जोड दिने बताउनुभएको छ ।

सोमबार र मंगलबार निस्दी ४ को मित्याल र ३ को झिरुवास पुग्नुभएका गाहाले नेपालमै लोप हुन लागेको कुडुले घर जोगाएर थप व्यवस्थित गरेर होमस्टे सञ्चालन गरि पर्यटन ल्याउन आफुले पहल गर्ने बताउनुभएको छ । प्रायः मगर समुदाय र बस्तीमा हुने कुडुले घरको संरक्षणमा सरकार लाग्नुपर्ने बताउदै नागरिकको सुखदुःखमा साथ दिदै निस्दीको आयआर्जनसँग जोडिनको लागि गठबन्धनलाई भोट दिनुपर्ने बताउनुभयो । तपाई हाम्रा बस्तीमा आधारभूत आबश्यकता समेत पुरा हुन सकेको छैन, गाहाँले भन्नुभयो–पानीजहाज र रेल ल्याउनु गफ मात्रै हो तर निस्दीबासीका लागि यही भएको महत्वपुर्ण चिजलाई व्यवस्थित गर्नुपर्छ, बिजुलीको उज्यालोमा बस्न नपाएका जनताले बिजुली पाउनुपर्छ त्यसका लागि आफ्नो उमेद्धारी रहेको छ ।

यहाँ निस्दीका मित्याल, भिरुवास लगायतका क्षेत्रका नागरिकले बिद्युत्त बाल्न भनेर डेढ दशक अघि सबै घरधुरीले बराबर रकम उठाएर दिए तर गाउँमा बिद्युत्त पुग्न सकेको छैन । सहकारी मार्पmत सामुदायिक बिद्युत्तिकरणको अभियान चलाएपनि यहाँका नागरिकले तिरेको रकमको लेखाजोखा छैन ।
सुन्दर हरियाली गाँउ छन् तर बिजुलीको उज्यालो छैन नेपाली काग्रेंसबाट प्रतिनिधि सभाको उमेद्धार हुनुभएका गाहाले भन्नुभयो–अब बिजुली ल्याएर गाउँ उज्यालो बनाउन मेरो पहिलो प्राथमिकता रहनेछ ।

एक घर एक धारा निति लिएपछि अझ पनि केही बस्तीका नागरिक पानी बोक्न धारामा जानुपर्ने र खडेरीको समय मुल खोज्न घण्टौं समय लागेर जानुपर्ने बाध्यताको अन्त्य गठबन्धन सरकारले गराउने बताउदै जनता र संविधान प्रति प्रतिबद्ध गठबन्धनका उमेद्धारालाई भोट दिएर जिताउन उहाँले आग्रह गर्नुभयो ।

गठबन्धनका प्रदेश सभा उमेद्धार श्यामकान्त खनाल, समानुपातिक उमेद्धार सन्दिप राना, जित बहादुर थापा, लेखनाथ पोखरेल, गिता बि.क.सहितका उमेद्धार र नेपाली काग्रेंस क्षेत्र नम्बर १का क्षेत्रिय सभापति झमनराज मगर सहितको टोली गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्न आग्रह गर्दै निस्दीको झिरुवास, मित्याल, गल्धा सहितका गाँउ ठाउँमा पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com