2

Logo २०८३ बैशाख १४ सोमबार
जापानीज नागरिक “ओकेबाजे” को चौरासी पूजाको आम्दानी खर्च सार्वजनिक

जापानीज नागरिक “ओकेबाजे” को चौरासी पूजाको आम्दानी खर्च सार्वजनिक


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक १५ २०७९
3.3K

पाल्पा

जापानीज नागरिक काजुमासा काकिमी “ओकेबाजे” को नेपाली सस्कार अनुसार पाल्पामा गरिएको चौरासी पुजाको पत्रकार सम्मेलन गरि आम्दानी खर्च सार्वजनिक गरिएको छ ।

पाल्पाका विभिन्न विद्यालय, स्थानीय तह तथा संघसस्थाले संयुक्त रुपमा रामपुर ८ मा रहेको गंगा माध्यमिक विद्यालयमा दशैको पुर्णिमाको अबसर पारी असोज २३ गते चौरासी पुजा आयोजना गरिएको थियो ।

बिगत ३ दशक जिवनको उर्जाशिल समय पाल्पा र पाल्पालीको सेवामा लगाउदै आउनुभएका ओकेबाजेको इच्छा अनुसार नेपाली परम्परा अंगाल्दै चौरासी पुजा गरिएको थियो ।

खर्च सार्वजनिक कार्यक्रममा गंगा माध्यामिक विद्यालयका प्रध्यानध्यापक तथा चौरासी पुजा मुल आयोजक समितिका संयोजक देवराज देवकोटाले बाजेको चौरासी पुजाका लागि संघसस्था र व्यक्तिबाट स्वतस्फूर्त रकम संकलन भएर निकै उत्साहपुर्ण वातावरणमा चौरासी पुजा सफल भएको बताउनुभयो ।

पुजा मुल समिति संयोजक देवकोटाले चौरासी पुजाका लागि कुल ११ लाख १७ हजार ५ सय ५५ रुपैया रकम सङ्कलन भएको जानकारी दिनुभयो । जसमध्ये ७ लाख १६ हजार ५ सय ९१ रुपैया रकम खर्च भएको छ । जुटेको बचत रकम ४ लाख ९ सय ६४ रुपैया रकम खर्च सार्वजनिक कार्यक्रममा आयोजक विद्यालय तथा संघसस्थाका प्रतिनिधिहरुले ओकेबाजेलाई नै हस्तान्तरण गरेका छन्।

पुजा मुल समितिले जापानीज नागरिकले नेपालको गाउँमा बसेर नेपालीको सेवामा तल्लिन हुनु र नेपाली सस्कारमा जिवनमा एकपटक गरिने गौरवको कर्म चौरासी पुजा गर्नु महत्त्वपूर्ण रहेको बताउदै सम्झनाको लागि पुजाको झलक फोटो र भिडियो सहित सहकार्य गर्ने सस्थाबारेको प्रतिबेदन ओकेबाजेलाई हस्तान्तरण गरेको छ ।

पत्रकार सम्मेलन मार्फत खर्च सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनुभएका ओकेबाजेले सो बचत रकम सामाजिक कार्यमा नै लगाउने बताउनुभयो । उहाँले नेपालीको धेरै माया पाएको हुँदा नेपाललाई कर्मथलो बनाएर काम गरेको र यसैमा खुशी लागेको बताउनुभयो । पुजाको बिभिन्न तस्विर देखाउदै “नेपालीको माया फोटोबाट पनि महशुस हुन्छ, धेरै माया दिनुभएको छ धन्यवाद!” ओकेबाजेले भन्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका र पुर्वखोला गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि र संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।

जनमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा पुजा मुल समितिका सदस्य श्यामबहादुर दिशाको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई पुजा मूल आयोजक समितिका सदस्य तथा  रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले धन्यवाद दिनुभएको थियो ।

चौरासी पुजा मुल आयोजक समितिका संयोजक तथा गंगा माविका प्रधानाध्यापक देवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रामतुलसी माविका शिक्षक तथा पुजा मुल समितिका सदस्य लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com