गोरेटोबाट भिरमा खसेर निस्दीमा एकको मृत्यु
पाल्पा ।
पाल्पामा गोरेटो बाटोबाट खसेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नं.५ तमासगिरी बस्ने ६८ वर्षीय मानबहादुर सिंजाली रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका घर नजिकैको गेझा देखि घरतर्फ जादै गर्दा कामुखोला नजिकैको गोरेटो बाटोदेखि करिव ५ मिटर तल खस्न गई सिंजाली घाइते भएका थिए । अचेत अवस्थामा देखेपछि छोरा र स्थानीयले देखेपछि उपचारका लागि रामपुर अस्पतालमाा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।