2

Logo २०८३ बैशाख १३ आइतबार
बस दुर्घटनाले रम्भाको हुँगीका गाँउ नै शोकमा

बस दुर्घटनाले रम्भाको हुँगीका गाँउ नै शोकमा

एकैपरिवारका ३ जना सहित ५ को ज्यान गयो

सीता डोटेल प्रकाशित मिति : सोमबार, कार्तिक १४ २०७९
1.5K

पाल्पा

एकै परिवारका ३ जना सहित ५ जनाको मृत्यु र दर्जनौ घाइते हुने गरि नवलपुर (नवलपरासी सु.पू.) को बुलिङटारमा भएको बस दुर्घटनापछि पाल्पा रभ्मा १ को हुँगी गाँउ शोकमा डुबेको छ ।

तिहारको रमझम सकिएसँगै भगवान् लाई सम्झेर मनकामना दर्शनका लागि २ बसमा गाउँका ६५ यात्रु निस्किएका थिए । भोलिपल्ट सबेरै मनकामना देवीको दर्शनका लागि राती गाउँले जम्मा भएर ११ बजेतिर उनीहरु गाउँबाट निस्केका थिए । ना ६ ख ७५८० नं.को बसमा रामपुर हुदै नारायणघाट निस्कने गरि कालीगण्डकी करिडोरबाट जादै गर्दा उनीहरु चढेको बस नवलपरासी जिल्लाको बुलिङटार गा.पा.२ मठारमा बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

बसमा सवार ३५ यात्रुमध्ये ५ जनाले घटनास्थलमै ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २ पुरुष र ३ महिला छन् । एकै परिवारका ३ जना समेत छन् । सबैजना आफन्ती पर्नेहरु मिलेर पारिवारिक रिर्जबमा हिडेको बस दुर्घटना भएको हो । ज्यान जाने र दुर्घटनामा घाइते हुनेहरु धेरै जसो आफन्तीहरु नै परेको रम्भा १ का वडाध्यक्ष ईश्वर काफ्लेले जानकारी दिनुभयो । दुर्घटनाले वडामा ठुलो क्षति भएको छ,वडाध्यक्ष काफ्लले भन्नुभयो–वडाका धेरैको ज्यान जाने र घाइते हुने गरि भएको दुर्घटनाले गाँउ शोकमा डुबेकोले मंगलबार शोकबिदा गर्ने सोचमा छौं ।

दुर्घटनामा मृत्यु हुनेहरुमा एकै परिवारका आमा वर्ष ६२ की धनि बि.क., छोरा वर्ष ४१ का तारा बहादुर बि.क. र छोरी तर्फका नाति वर्ष १७ का बिनय बि.क.रहेका छन् र छोरी अर्थात् बिनयीकी आमा वर्ष ४५ की सेती बि.क. घाइते छिन् । तिन जनाको मृत्यु भएको परिवार तारा बहादुर बि.क.को एकै परिवारका ७ सदस्य दुर्घटनामा परेका हुन् । अन्य २ मृतकमा रम्भा १ हुँगीका वर्ष ५८ की देवी गाहा र स्याङजा जिल्ला गल्याङ न.पा.९ बेलचौरकी वर्ष ४५ की फुलमाया माझी रहेकी छिन् ।

एक्कासी बस दुर्घटना भयो, मेरो छोरी र नाति घाइते छन्, हामी बुढाबुढी अर्काे बसमा थियौं– हुँगीका स्थानीय लाल बहादुर बि.क.ले भन्नुभयो । लाल बहादुर सहित श्रीमती, बुहारी सँगै गएको अर्काे गाडीमा थिए । उहाँका छोरी र नाति दुर्घटना भएको बसमा भएकोले दुबै जना घाइते छन् । उनीहरुको अवस्था सुधारोन्मुख रहेको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनुभयो । दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल पुग्नुभएका अध्यक्ष भण्डारीले रम्भाका धेरै नागरिकको मृत्यु र घाइते हुने गरि भएको हताहतिले ठुलो क्षति पुगेको बताउनुभयो ।
मृत्यु हुनेमा हुँगीका साठी बजार र नौगामका छन् । हुँगीको नौगाउँ, गैरी, हुँगी फाँट, बोटेगाउँ, साठीबजारका स्थानीय दुर्घटनामा परेका हुन् । घाइतेको भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

घाइते हुनेहरुमा प्रायः रम्भा १ हुँगी कै छन् । जसमध्ये रम्भा १ का वर्ष ४ का अंकित सुनार, वर्ष १० का कृष्ण केवट, वर्ष १८ का प्रविण सुनार, वर्ष २० का राम बहादुर बि.क., वर्ष २१ की रिता बि.क, वर्ष २५ का कासीराम बि.क., वर्ष २० का बिशाल बि.क., वर्ष १ की आइसा बि.क., वर्ष १६ का अविनाश बि.क., वर्ष ७ की पुष्पा बि.क., वर्ष ४७ का मेघनाथ बि.क., वर्ष १५ की रिमा बि.क, वर्ष ३२ की सन्जु सुनार, वर्ष ३८ को प्रेम ब.सुनार, वर्ष २० को आषिश सुनार, वर्ष २० को बिजय बि.क., वर्ष ३६ की माया बि.क, वर्ष १२ कि अस्मिता सुनार, वर्ष ४७ को ओम ब.बि.क., वर्ष ४८ की शिव कुमारी बि.क.र आफन्ती पर्ने हुँगी पाहुना आएकी पाल्पा माथागढी ४ झडेवा की वर्ष ३२ की सुमित्रा बि.क.रहेका छन् ।

त्यस्तै अन्य घाइते हुनेहरुमा स्याङजा जिल्ला गल्याङ ९ बेलचौर की वर्ष २५ की दिलमाया राना, वर्ष ३ का रविन राना, सोही स्थानका वर्ष ३१ का रामु राना र गल्याङ्ग ९ कै वर्ष ३० की सरिता माझी, गल्याङ ८ का वर्ष ३५ का मनोज कुमार बि.क. र सोही ठाउँका वर्ष ३० की उमा कुमारी बि.क.रहेको नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

बस चालक रामपुर नगरपालिका ३ गण्डकीढिकका २९ बर्षका दिल कुमार श्रेष्ठ र बस सहचालक तथा गाडी धनीका छोरा रामपुर नगरपालिका ५ का सुमन श्रेष्ठ रहेका छन् । काठमाडौंमा बसेर पढ्ने सुमन दशैं तिहारको समय घरमा आउदा गाडीमा हिडेका थिए । सुमनको उपचार काठमाडौंमा भएको छ । उनलाई टाउकोमा चोट लागेको छ ।

कालीगण्डकी करिडोर सडकखण्डदेखि करिब एक सय मिटर तल बस खसेको हो । बस अनियन्त्रित भएर दुर्घटना हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी चौकी बुलिङटार (नवलपरासी सुस्ता पूर्व नवलपुर) का प्रहरी सहायक निरीक्षक विक्रम कुमालले बताउनुभयो । उहाँका अनुसार बस दुर्घटनाको खबर पाए लगत्तै साढे ३ बजे प्रहरी उद्धारका लागि घटनास्थलमा पुगेको थियो । लगत्तै उद्धार कार्य सुरु गरि  घाइतेलाई अस्पताल पठाइएको हो ।

नवलपुरका प्रहरी नायव उपरीक्षक पाठकको संयोजकत्वमा दुर्घटना अनुसन्धान तथा छानबिन समिति गठन भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com