2

Logo २०८३ बैशाख १४ सोमबार
चिच्याएर वर माग्ने सत्यवती मेला यस बर्ष ५ दिन लाग्ने

चिच्याएर वर माग्ने सत्यवती मेला यस बर्ष ५ दिन लाग्ने


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक १३ २०७९
3K

पाल्पा

नेपालमै अनौठो पाल्पाको सत्यवती मेला यसबर्ष लाग्ने भएको छ । बिगतका केही बर्ष कोभिडका कारण चहपहल नभएको मेला यो बर्ष लाग्ने र यसको तयारी भएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

बिगतमा ३ दिन लाग्ने मेला यो बर्ष राम्रो जोग परेकोले ५ दिन लाग्ने समितिले जनाएको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको बिश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिगो लिएर आवाज निकाल्ने गरि चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिषरको पोखरीमा लिगो गाडेर पुजा गर्ने चलन छ । प्रायः रातीको समयमा पुजा गर्ने प्रचलन छ ।

आगामी कार्तिक १८ गते एकादशीबाट २२ गते पुर्णिमासम्म दर्शन गर्ने राम्रो जोग परेको सत्यवति मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिनुभयो ।

यो बेलाको पुजा विशेष हुने भएकाले पनि मेलाको महत्व छ। यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यै संग एक युवाले मनोकाक्षा मागेको बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयले बताएका छन् । परापुर्व कालमा सत्यवति बजैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिडेको र सोही क्रममा यहा विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ ।

धार्मिक तथा ऎतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पुजा गर्न आउनेको घुइचो लाग्दछ । पाल्पा जिल्ला सहित छिमेकी जिल्लाहरुका विभिन्न स्थान र भारतको सुनौली,नौतुना,गोरखपुर लगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन ।

जिल्लाको गहनाका रुपमा स्थापित सत्यवति मन्दिरले  देशभित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सहज तरिकाबाट पर्यटक भित्र्याउन स्थानिय सरकार लागिपर्ने बताउदै श्रेष्ठले मन्दिर दर्शन गर्न चाहने शारिरिक अशक्तता भएका दर्शनार्थीलाई सवारीमा पुग्ने ब्यवस्था गरिने जानकारी दिनुभयो । २४ माइल र झुम्सा पानीमिलबाट पुग्ने सडक मर्मत र खोलामा कजबेको ब्यवस्था गर्ने तयारी गरेको पालिकाले एकतर्फी बाटो खोल्ने जनाएको छ ।

मन्दिर व्यबस्थापनमा समिति र पालिकाले जोड दिएको छ । मन्दिर पुग्ने सडक मर्मत, मन्दिरमा  पिउनेपानी, ट्वाईलेटको थप ब्यवस्थापन गरेको छ। मन्दिरको डिपिआर अनुसार पुर्वाधार विकासको काम थालिएको छ ।

यस बर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रुपैया भेटि उठ्ने अनुमान गरिएको मन्दिर व्यबस्थापन समिति अध्यक्ष गाहाले बताउनुभयो । मन्दिरमा करीब १ सय ५० बढि स्टलहरु राखिनेछ । मादक पदार्थ विक्रिवितरण र सेवन रोकिनेछ । २४ माईलदेखि झुम्सासम्मको सडकमा हुने सवारी चाप ब्यवस्थापनमा जोड दिने तिनाउ वडा नं ४ का वडाध्यक्ष तुल बहादुर आलेले बताउनुभयो ।

धार्मिक र ऐतिहासिक महत्व बोकेको जिल्लाकै एकमात्र स्थापित सत्यवती मन्दिर र तालको समग्र विकासमा सबैको सहकार्य आवश्यक रहेको समितिका सचिव लाल बहादुर दर्लामीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com