2

Logo २०८३ बैशाख १३ आइतबार
पुर्वी पाल्पाको विकास र जनताको समान अधिकारका लागि मेरो उमेद्धारी–प्रदेश सभा उमेद्धार शंकर खनाल

पुर्वी पाल्पाको विकास र जनताको समान अधिकारका लागि मेरो उमेद्धारी–प्रदेश सभा उमेद्धार शंकर खनाल


सीता डोटेल प्रकाशित मिति : आइतबार, कार्तिक १३ २०७९
1.1K

पाल्पा

पाल्पाको पुर्वी दक्षिणी भेगको विकास र जनतालाई समान अधिकार स्थापित गर्न प्रदेश सभामा आफ्नो उमेद्धारी रहेको गठबन्धनका तर्फबाट पाल्पा क्षेत्र नम्बर १ ख प्रदेश सभाका उमेद्धार शंकर खनालले बताउनुभएको छ ।

आइतबार माथागढी ४ झडेवाको देउगिर पुग्नुभएका खनालले बिशेष गरि गाउँ र संभावनाले भरिएको यस भेगमा आयआर्जन गरि आत्मनिर्भर गराउने खालका योजना अगाडी सार्न आफु जनतासामु आएको बताउनुभयो ।

खनाल प्रदेश सभा क्षेत्रका बिभिन्न स्थानमा चुनावी प्रचारलाई घरदैलो कार्यक्रम बनाएर पुग्नुभएको छ । निर्वाचन कार्यालयमा नोमिनेशनपछि दल र गठबन्धनका साथीहरुसँग बसेर खाँका बनाएपछि मात्र घरदैलो कार्यक्रममा लागेका हौ,खनालले भन्नुभयो–माथागढी, पुर्वखोला गाउँपालिका सहितका क्षेत्रमा पुगेका छौ । स्थानीय मतदाताहरुमा चुनावी सरगर्मी बढेको पाएको र मतदाताले उमेद्धारसँग धेरै जिज्ञासा राख्ने र विकासका काम गरिदिन आग्रह गरेको खनालले बताउनुभयो । नागरिक अझैपनि आधारभूत आबश्यकताबाट पनि टाढा रहेको पाइयो खनालले भन्नुभयो–कुरामात्र होइन गाउँमा रहेर विकास गर्ने नेता हुनुपर्ने उनीहरुको आशय पाएको छु । स्थानीय उत्पादन र साना उद्योगबाट पाल्पा १ का बिभिन्न स्थानलाई कायापलट गर्न सकिनेछ,यसैमा मेरो ध्यान पुग्नेछ खनालले भन्नुभयो ।

निर्वाचन नजिकिँएसँगै चुनावी अभियानले तिब्रता पाएको छ । उमेद्धारहरु नेता, कार्यकर्ताहरु सहित गाउँ-गाउँमा पुगेका छन् । उमेद्धारहरुले जनतासँग घरघरमा भेटने, क्षेत्र विकास समृद्धिको बारेमा छलफल गर्ने, गठबन्धनको मुख्य उद्देश्य बुझाउने, गाउँको आबश्यकता र आफ्नो योजना जनतालाई सुनाउँदै विश्वस्त पार्दै चुनाबी रणनितिलाई अगाडी बढाईरहेका छन् ।

आइतबार दिउँसो प्रदेश सभा सदस्य उमेद्धार खनाल सहितको टोली माथागढीको झडेवा, देविनगर हुदै हुमिनमा घरदैलो गरेको टोलीमा रहनुभएका नेकपा माओवादीका नेता नेत्र प्रसाद पाण्डेले बताउनुभयो । स्थानीयले गाउँको विकास र जनताको दिनचर्या सहज बनाउन पहल गर्ने खालको नेता खोजेका छन् देउगिरका स्थानीय नेता बालकृष्ण जि.सी.ले भन्नुभयो–गठबन्धनका साझा नेता शंकर जि यस्तै नागरिकको समस्या बुझ्ने खालको हुनुहुन्छ । गाउँको विकास नगर्ने गफ लाउने नेताले केही नगरेको भन्दै जि.सी.ले अबको विकास गठबन्धनले गर्ने अभियानका साथ गठबन्धनको पक्षमा गाउँ गाउँ पुगेको बताउनुभयो ।

देउगिरका स्थानीय माओबादी नेता प्रकाश जि.सी.ले गाउँका नागरिकको सुख दुःखमा साथ दिने नेतालाई जनताले रोज्ने भएकाले यसपटक गठबन्धन सबैका नागरिकका पिरमर्का बुझ्ने गरि चुनावी कार्यक्रमलाई घरघरसम्म पु¥याएको बताउनुभयो ।
नेता कार्यकर्तालाई भेट्ने र यहाँको जनताको आबश्यकता र भेग अनुसार गर्नुपर्ने विकासका कामलाई टिप्ने र त्यसलाई सम्बोधन गर्ने रणनितिका साथ चुनाबी मैदानमा होमिएको उमेद्धार खनालले बताउनुभयो । क्षेत्र नम्बर १ पाल्पाको पश्चिम दक्षिण र उत्तर भागमा प्रदेश सभाको मेरो क्षेत्र पर्छ, हामी सोही क्षेत्र अनुसार विकास र जनताको आबश्यकतालाई प्राथमिकता दिदै मत मागेर हिडेका छौ उहाँले भन्नुभयो ।

अभियान अन्तर्गत सोमबार रम्भामा घरदैलो कार्यक्रम गरिने टोलीले जनाएको छ । रम्भा १ हुँगी आफ्नो क्षेत्रका जनता मनकामना दर्शनका लागि जादै गर्दै बस दुर्घटना हुँदा केहीको ज्यान गएको र घाइते भएकोमा दुःख व्यक्त गर्दै उमेद्धार खनालले सोमबार हुँगीमा दुःखमा रहेका सो परिवारलाई भेट गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com