2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाका २९ मतदान केन्द्र अति संबेदनशिल

पाल्पाका २९ मतदान केन्द्र अति संबेदनशिल


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक ११ २०७९
1.1K

पाल्पा

जिल्ला सुरक्षा समितिले पाल्पाका २९ वटा मतदान केन्द्र सुरक्षाको हिसाबले संवेदनशिल रहेको जनाएको छ ।

आगामी मङ्सिर ४ गते एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समिति पाल्पाले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।

समितिले जिल्लाभरका २९ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल सूचिमा राखेको छ । यस्तै ५० वटालाई संबेदनशील र ३९ वटालाई सामान्यमा राखेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । भौगोलिक विकटता, मतदाताको अवस्था र मतदान केन्द्रको दुरी, सुरक्षा केन्द्रसम्मको पहुँचलाई ध्यानमा राखेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रजिअ पन्तले बताउनुभयो ।

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पाल्पामा  ११८ मतदान केन्द्र र २४६ मतदानस्थल कायम गरिएको छ ।

निस्दी, माथागढी, रैनादेवीछहरा, तिनाउ, रामपुर नगरपालिकाका स्थानमा रहेका मतदान केन्द्र सम्वेदनशील रहेका छन् । नगरभित्रकै पनि कतिपय स्थानमा रहेका मतदान केन्द्र सुरक्षाका दृष्टिले सम्वेदनशील सूचिमा राखिएको सुरक्षा समितिले जनाएको छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा स्थलगत अनुगमनका क्रममा प्राप्त भएका सुझावलाई ध्यान दिएर मतदान स्थलको परिवर्तन समेत गरिएको छ । केही मतदान स्थल साँघुरो भएको र केही स्थानमा मतदातालाई अप्ठेरो भएकाले त्यसलाई समेत ध्यानमा राखेर काम गरिएको छ ।

तानसेनमा दुई मतदान केन्द्र थपिएको छ भने रैनादेवी छहरा, रामपुर, निस्दीमा एक एक केन्द्र घटाइएको छ । माथागढीमा एक घटाएर अर्को एक बढाइएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com