“मेरो उमेद्वारी, मेरो रहर- विकसित गाउँ समृद्ध शहर” का लागि हो- प्रदेश सभा उमेद्वार श्यामकान्त खनाल
पाल्पा ।
पाल्पा निर्वाचन क्षेत्र नम्बर १,१ का बाम गठबन्धनका प्रदेश सभा उमेद्वार श्यामकान्त खनालले गाउँ र शहरको समग्र विकासका लागि नै आफ्नो उमेद्धारी भएको बताउनुभएको छ ।
सोमबार चुनाब प्रचारप्रसारका लागि निस्दी २ सहलकोटका बस्तीमा पुग्नुभएका प्रदेश सभा उमेद्वार खनालले भन्नुभयो-‘‘मेरो उमेद्वारी, मेरो रहर- विकसित गाँउ समृद्ध शहर’’ का लागि हो । गाउँ र शहरमा फैलिएको पुर्वी पाल्पाको प्रदेश सभा क्षेत्रमा सन्तुलनको विकास नै प्रमुख मुद्धा हुने खनालले बताउनुभयो । लामो समय देशको निजामति सेवाका क्रममा विभिन्न मन्त्रालय र निकायमा रहेर विकास र योजनालाई नजिकबाट नियाल्दै आउनुभएका खनालले जिल्लाको पुर्वी भेगलाई विकाससँग जोड्ने अभिप्रायले उमेद्धारी दिएको बताउनुभयो ।

गत असोज २३ गते निर्वाचन कार्यालयमा पार्टीबाट उमेद्धारी नोमिनेशन गरेदेखि उहाँ पुर्वको रामपुर निस्दी र पुर्वखोलाका विभिन्न गाउँमा पुग्नुभएको छ । मेरो उमेद्धारीका क्षेत्र पहाडी उच्च भाग पनि छ समथर भुभाग पनि छ, यसलाई सोही अनुसार विकासका खाका कोरिनुपर्छ निस्दी २ सहलकोटको सुकेकोट पुग्नुभएका खनालले भन्नुभयो- २१औं शताब्दीमा बिजुली पुग्न नसक्नु यहाँको विकास विगतमा के विकास भयो? निस्दीका प्रायः वडाहरुमा अझै बिजुली बत्ती पुग्न सकेको छैन । यहाँ सामुदायिक बिद्युत्तीकरण गर्ने गरि संस्थाले रकम उठाएपनि अहिलेसम्म गाउँ गाउँमा बिजुली पुग्न सकेको छैन ।
कृषि खेतीका संभावना पनि उत्तिकै रहेको उल्लेख गर्दै खनालले जहाँ तरकारी खेती गर्न सकिन्छ त्यहाँ अनुदान र बजारिकीकरणमा स्थानीय जनप्रतिनिधिले ध्यान दिनुपर्छ तब किसान उत्साहित हुन्छन् त्यसैले गाउँको विकासमा व्यवास्ता नगर्ने गरि काम गर्नेलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।
जिवनको ३५ बर्षको उर्जाशिल बिभिन्न मन्त्रालय बिभागका तिनका शाखाहरुमा रहेर काम गर्ने शैलीलाई नजिकबाट जानेका खनालले पाल्पाको पुर्व भाग संभावना भएर पनि तिब्र विकास हुन नसकिरहेकोमा विकासको फड्को मार्ने गरि काम गर्ने तिब्र इच्छाले आफुलाई उत्साहित बनाएको बताउनुभयो ।
निजामति सेवामा प्रबेश गरि स्याङ्गजा जिल्लामा सिफारिस हुनुभएका खनाल पाल्पाको दर्छा, तानसेन हुदै स्थानिय विकास मन्त्रालय, भौतिक मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय हुदै सामान्य प्रशासन मन्त्रालय सहित बिभिन्न तहमा रहेर एउटा गाँउदेखि मन्त्रालयमा रहेर काम गर्ने सौभाग्य मिल्यो । यही बखत गाउँको विकासमा गर्नुपर्ने कामदेखि करोडौं लगानीका योजनालाई नजिकबाट काम गर्ने, बुझ्ने अबसर पाए । यही सिकाईले खनाल अहिले नागरिकको आबश्यकतालाई पहिचान गरेर सोही अनुसार मानव विकास र भौतिक विकास एंव संभावनालाई कार्यान्वयनमा लैजान प्रदेश सभामा उमेद्धारी दिएको बताउनुभयो ।
२०४६ सालको आन्दोलनदेखि राजनितिमा निरन्तर लाग्नुभएका खनाल निजामति कर्मचारी संघमा रहेर निति र विकासको पहलमा सदैव अग्रसर हुनुभयो । नेपाली काग्रेंसका नेता खनालले लोकतन्त्रमा नागरिकको उच्च सम्मान हुने भन्दै लोकतन्त्रले व्यवस्था परिवर्तन गरेपनि नागरिकको अबस्था परिवर्तन नभएको भन्दै नागरिकको दैनिकी परिवर्तन गर्न उमेद्धारी दिएको बताउनुभयो ।
पहाडका गाँउबाट बसाई-सराई भयो तर यसको कारण खोजिएन, विकासले जनतालाई छोएन । न बिजुली, न खानेपानी, न सहज बाटोघाटो, न गाउँमा दैनिकी जिउन सक्ने अबस्था? अब गाउँ विकासमा लाग्नुपर्ने र गाँउलेले सधै मत दिने र नहेर्ने होइन गाउँ विकास गर्ने नेतालाई जिताउनुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य उमेद्धार श्यामकान्त खनाल सहित पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उमेद्धार ज्ञान बहादुर गाहाको टिमले सोमबार र मंगलबार निस्दी गाउँपालिकाको सहलकोट र रामपुर नगरपालिकाको गाँडाकोटमा घरदैलो गरेको छ ।